बुटवलमा बृहत योग शिबिर हुँदै

283

बुटवलमा बृहत योग शिबिर हुँदै

yogaबुटवल, २१ कात्तिक । पतञ्जिली योग समिति रुपन्देहीले यहि कात्तिकको २४ देखि ३० गतेसम्म बुटवलमा बृहत योग शिबिर गर्ने तयारी गरेको जनाएको छ ।
जिल्लामै पहिलो पटक गर्न लागिएको बारेमा जानकारी गराउन आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दैनिक दश हजार जनालाई निशुल्क रुपमा ८४ प्रकारका योग सिकाउने गरि तयारी गरेको जानकारी दिएको हो ।
रुपन्देही बासीलाई स्वास्थ्य एवं दीर्घजीबि बनाउने उद्देश्य सहित सञ्चालन गर्न लागिएको एक हप्ते यो निशुल्क शिबिरमा पतञ्जिली योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गर्नुहुने रुपन्देहीका अध्यक्ष लोकेन्द्र न्यौपानेले बताउनु भयो ।
पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा हुने शिबिरमा दश हजार जनालाई योग प्रशिक्षण गर्नेगरी तयारी गरेपनि ५ हजार बढी सहभागि हुने आयोजकले अपेक्षा गरेका छन् । योग प्रशिक्षण बिहान ६ देखि ८ बजेसम्म हुने छ ।
जसकालागि ४ लाख रुपैंया बढी खर्चानुमान आयोजकले गरेका छन् । उक्त खर्च सहयोग जुटाएर गरिने अध्यक्ष न्यौपानेले बताउनु भयो । योगको माध्यमबाट जटिल रोगहरुबाट समेत मुक्ति पाउन सकिने भएकाले उक्त योग शिबिरमा सहभागि हुनकालागि समितिले सार्वजनिक अपिल गरेको छ ।
पत्रकार सम्मेलनमा अञ्चल प्रभारी राधा शर्मा र संगठन मन्त्री प्रकास पाण्डेले तयारी तिव्र रुपमा अँगाडी बढेको जानकारी गराउनु भएको थियो ।