नेप्से दोहोरो अङ्कले ओरालो

236

नेप्से दोहोरो अङ्कले ओरालो

nepse

काठमाडौँ, २३ कात्तिक । धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक आज २४.६३ अङ्कले घटेर एक हजार ७२४ बिन्दुमा आइपुगेको छ ।

सबै समूहको सेयरमा कमी आएपछि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । कुल १३८ कम्पनीको १० लाख ३८ हजार ५४७ कित्ता सेयर रु ७६ करोड ३७ लाख ९६ हजार ४४७ मूल्यमा बिक्री भएको हो ।

स्टकका अनुसार बैंकिङ १.६५, होटल १.९१, विकास बैंक ०.९९, जलविद्युत् २.०४, फाइनान्स ०.५५, बिमा १.४३, उत्पादन १.३६ र अन्य समूह ०.१५ प्रतिशतले घटेको हो ।

सोमबार बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको हो ।