
खार्तुम, २३ कात्तिक । डार्फरबाट विस्थापित भएर शरणार्थी शिविरमा बसिरहेका ३२ हजार शरणार्थीहरु उनका घरगाँउमा फर्र्कीएका छन् । उनीहरु केही समयदेखि दक्षिणी डार्फरमा रहको चाद र सेन्ट्रल अफ्रिका रिपब्लिकमा अवस्थित शिविरमा शरणार्थीको जिवन विताइरहेका थिए ।
संयुक्त राष्ट्र सङ्घकाअनुसार मध्यडार्फरको उम दुखुनको इलाकाको पाँच वटा गाँउमा बस्ने ३२ हजार व्यक्ति आफ्नै गाँउघरमा फर्किएका राष्ट्रसङ्घका मानवीय मामिला सम¥वय (ओचा)का वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ । आफ्ना गाउँमा फर्किएका ती व्यक्तिहरुको लागि आवश्यक सुरक्षाको व्यवस्था गर्न पनि ओचाले आग्रह गरेको बताइएको छ ।
चादमा मात्रै झण्डै १२ वटा शरणार्थी शिविरहरु रहेका छन् । सो शिविरहरुका सुडानको डार्फरबाट करिब दुई लाख ८२ हजार जना शरणार्थी बसोवास गरिरहेका छन् ।
सुडानीहरुसम्वन्धी आधिकारीक एक तथ्यांक अनुसार विगत तीन वर्षको अवधिमा एक लाख १० हजार जना शरणार्थी पुरानै ठाउमा फर्किएका छन् । गहृयुद्धका कारण डार्फरका हजारौ जनता सन् २००३ देखि चाद सहरलगायत बरिपरिका ठाउमा बस्दै आएका छन् । रासस/सिन्ह्वा