उत्तरबाट तेल ल्याउन नहुने योजना आयोग उपाध्यक्ष पोखरेलको दावी

433

उत्तरबाट तेल  ल्याउन नहुने    योजना आयोग उपाध्यक्ष  पोखरेलको दावी

Dr-Govinda-Pokhrel

 काठमाडौं २१ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले एउटै भाषा र सस्कृति भएको देशसँग आवेशमा आएर ‘टिट फर ट्याट’ को व्यवहार गर्न नहुने बताएका छन् ।

‘भावनामा बगेर मात्रै धेरै दिन टिक्न नसकिने’ भन्दै उनले दक्षिणले दिएन भनेर उत्तरबाट ल्याउने कुराले समाधान नदिने दावी गरे ।

अहिले देखिएको इन्धन संकट समाधानको लागि खपत कम गर्ने र रोकिएको आपूर्ति सुचारु गर्न तत्काल कूटनीतिक पहल गर्ने बाहेक अरु कुनै विकल्प नभएको पोखरेलले बताए ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष पोखरेलले भने-‘अहिलेको इन्धन संकटबाट बच्न विजुलीबाट खाना पकाउने र सौर्य उर्जाको विकासमा लाग्नु पर्छ ।’

दिर्घकालिन समाधानको लागि उर्जा उत्पादन गर्नुको विकल्प नभएको भन्दै उपाध्यक्ष पोखरेलले तत्कालका लागि सरकारले इलेक्ट्रोनिक सवारी साधानमा छुट दिनु पर्ने सुझाव दिए ।

उर्जा उत्पादनमा अन्धराष्ट्रवादी नबन्न आग्रह गर्दै उनले भने-‘नेपालले भारतलाई विजुली बेचेको अवस्था भएको भए यो समस्या आउने नै थिएन ।’ पोख्रेलले नेपालमै उत्पादन हुने इथानोल १० प्रतिशत पेट्रोलमा मिसाउने कुरा समेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको गुनासो गरे ।