जेसीज एकेडेमी सुरु

1.3K

जेसीज एकेडेमी सुरु

बुटवल, २७ कात्तिक । बुटवलमा जेसीज एकेडेमी सुरु भएको छ । महिला जेसीज स्थापना भएको २० औं वर्षको अवसर पारेर नेपाल जेसीजको आयोजना तथा बुटवल महिला जेसीजको आतिथ्यतामा आज देखि जेसीज एकेडेमी सुरु भएको हो ।

उक्त एकेडेमीको सभामुख ओनसरी घर्तीले उद्घाटन गर्नुभयो । दुई दिनसम्म चल्ने उक्त एकेडेमीमा महिला अधिकार, संविधान र सहकार्य विषयक गोष्ठी, समयको माग र आवश्यकताः महिलाको नेतृत्व भोलीको अपरिहार्यता विषयक अन्तत्र्रिmया गरिनेछ भने आईतबार बुटवल घोषणा पत्र जारी गरिने कार्यक्रम निर्देशक उर्मिला श्रेष्ठले बताउनु भयो ।

एकेडेमीको उद्घाटन गर्दै सभामुख घर्तिले महिलाहरु अझ बढि शसक्त ढंगले अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले संविधानमा महिला हक अधिकारलाई राम्रोसंग समेटिएकाले संविधान कार्यान्वयन संगै महिलाका हकाधिकार सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यसैकारण पनि संविधान कार्यान्वयनकालागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनु भयो ।

बुटवल महिला जेसीज बर्ष २०१६ की अध्यक्ष मञ्जु भुषालको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजमा रहेर काम गर्ने अग्रजहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पुर्व राष्ट्रिय अध्यक्ष अम्बिका श्रेष्ठ, चादनी जोशी, कृती तुलाधर, डा. दिपक शाक्य, गिता श्रेष्ठलाई सभामुख ओनसरी घर्ति र कार्यक्रमकी अध्यक्ष मञ्जु भुषालले सम्मान गर्नुभएको थियो ।

सोही क्रममा सभामुख घर्तिले सृष्टि नामक विशेषांक विमोचन समेत गर्नुभएको थियो । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आर्थिक, सामाजिक रुपन्तारणका लागि महिला शसक्तिकरण जरुरी रहेको बताउनुभयो । कार्यक्रममा मातृशाखा बुटवल जेसिजका अध्यक्ष राजु पौडेल लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल भरका ३ सय ५० जना जेसिज महिलाको सहभागिता रहको छ । कार्यक्रम बुटवल महिला जेसिजकी निर्वतमान अध्यक्ष ज्ञानधरा पन्थ तथा महासचिव राधिका पोखरेलको सञ्चालनमा भएको थियो ।