पहिलो प्राथमिकता संविधान कार्यान्वयन : सभामुख

1.3K

पहिलो प्राथमिकता संविधान कार्यान्वयन : सभामुख

onsarai

बुटवल, २७ कात्तिक । सभामुख ओनसरी घर्तिले मुलुकलाई अव शान्ति समृद्धि र विकासको बाटोमा लानुको अर्काे विकल्प नभएको बताउनु भएको छ ।

अहिलेको पहिलो प्राथमिकता भनेकै संविधान कार्यान्वयन गर्नु र त्यसका लागि सम्पुर्ण दलहरु विचमा सहकार्य हुन अति आवश्यक रहेको बताउनुभयो । प्रेस सेन्टर नेपाल रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा समामुख घर्तिले अहिलेको जटिल पस्थिीतीबाट मुलुकलाई जोगाउन सबै दल एक ठाँउमा उभिनु पर्ने बताउनुभयो ।

उहाँले अख्तियार प्रमुख लोकमान सिंहको बारेमा सदनमा अविश्वासको प्रस्ताव दर्ता भएको र त्यो प्रकृया सदनमा छलफलकै क्रममा रहेकाले उल्लेख गर्दै संविधान कार्यान्वय र कार्यान्वयका लागि तीनवटै निर्वाचन गराउने विषय अmै गम्भिर रहेको उहाँले बताउनुभयो ।

उहाँले संविधान भएको गतिशिल दस्तावेज भएको बताउनुभयो । संविधानमा केहीकेही विषयहरु छुटेका कुरा दलहरुबाटै आएको जिकिर गर्दै उहाँले संविधान संसोधनको कुरा र कार्यान्वय नर्गु पर्ने कुरालाई संगसँगै लैजानु पर्ने बताउनुभयो । उहाँले संविधान संसोधनको विधेक आएको त्यसलाई प्रकृयामा अगाडि बढाउने बाध्यता रहेको समेत बताउनुभयो । त्यसले असन्तुदलहरुका मागहरुलाई केही हदसम्म सम्बोधन गर्ने सक्ने उल्लेख गर्नुभयो ।