मिना ढकाल/
बुटवल, २८ कात्तिक । प्रतिमा बस्नेत स्मिृती सहयोगी संस्था बुटवल ३ को चौथो साधारण सभा, दोश्रो अधिबेशन तथा पाँचौ प्रतिमा स्मृती दिवश सम्पन्न भएको छ । समाजका बिभिन्न क्षेत्रमा कृयाशिल रहि योगदान पु¥याएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्ने तथा बिद्यार्थीहरुलाई छात्रबृत्ती र असहाय बृद्धबृद्धाहरुलाई आर्थिक सहयोग पु¥ाउने उद्देश्यले संस्था स्थापना भएको हो ।
सो अवसरमा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवा प्राप्त गर्नबाट कुनैपनि बालबालिका बञ्चित नहुन भन्ने उद्देश्यका साथ बुटवलका बिभिन्न बिद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार ३६ जना छात्र छात्राहरुलाई छात्रवृति प्रदान गरिएको थियो । यस्तै समाजका बिभिन्न क्षेत्रमा कृयाशिल रहि उत्कृष्ठ योगदान पुराए बापत बिभिन्न समाजसेवी महानुभावहरुलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोहि अवसरमा पत्रकारिता क्षेत्रबाट महिला तथा बाल अधिकारका क्षेत्रमा योगदान पुराए बापत पत्रकार ईन्दिरा भण्डारी प्रतिमा बस्नेत महिला पत्रकारिता पुरस्कार २०७३ बाट सम्मान गरिएको थियो । कार्यक्रमका बुटवल उपमहानगरपालीका कार्यकारी प्रमुख रामलाल श्रेष्ठले पुरस्कृत पत्रकार भण्डारीलाई पुरस्कार राशी नगद रु. ५ हजार, दोसल्ला र प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष तथा स्व.प्रतिमा बस्नेतका पिता नरेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद भण्डारी, बरिष्ठ समाजसेवी एवं बिश्व हिन्दु महासंघका अध्यक्ष गणेशमान सैँजु, समाजसेवी बिमल बहादुर शाक्य, पुरस्कृत पत्रकार भण्डारी, बटौली संरक्षण समितिका अध्यक्ष रबिन्द्रगोपाल लाकौल, नेपाली काँग्रेसका क्षेत्र नम्बर ४ का सभापति हरि लम्साल, बुटवल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष माधव प्रधान, संस्थाका सल्लाहकार हरिश ढकाल, महासचिव बिष्णु प्रधान, सचिव गौतमलाल शाक्य, कोषाध्यक्ष मोहनलाल काफ्ले लगाएतका बक्ताहरुले संस्थाले समाजिक क्षेत्रको बिकासमा पुराउको योगदानको चर्चा गरेका थिए ।
अध्यक्ष नरेन्द्र बस्नेतले संस्थाको कार्यक्रम, उद्देश्य र महत्व माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा उमेर बृद्धबृद्धा भएपनि नागरिकता लगाएत समस्याका कारण बृद्धभत्ता पाउन बन्चित भएकाहरुलाई संस्थाले मासिक २ सयका दरले बृद्धभत्ता उपलब्ध गराइएको थियो । सवारी दुर्घटनामा परि अल्पायु मै जिवन गुमाउन पुगेकी आफ्नी छोरीको स्मृतीमा स्थापना गरिएको सो संस्थाको आयोजनामा हालै रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो ।
संस्थाको सो कार्यक्रममा बिभिन्न ३० जना महानुभावले रक्तदान गरेको संस्थाका अध्यक्ष तथा प्रतिमा बस्नेतका पिता नरेन्द्र बस्नेतले बताउनु भएको छ । कार्यक्रममा लगातार ३ पटक रक्तदान गर्ने र महिला रक्तदातालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाले हरेक बर्ष समाजका बिभिन्न क्षेत्रमा अमुल्य योगदान पुराएका बुद्धिजिबी, समाजसेवीहरु, पत्रकारहरु आदिलाइ क्रमशः सम्मान गर्दै जाने संस्थाको उद्देश्य रहेको पनि संस्थाले जनाएको छ ।
साथै यस क्षेत्रका बिभिन्न बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिद्याथीलाई छात्रबृत्ती बितरण, अशक्त असहाय बृद्ध बृद्धाहरुलाई आर्थिक सहयोग प्रदान आदि कार्यक्रम पनि निरन्तर संचालन गरिने संस्थाले जनाएको छ । संस्थाका सचिव गौतमलाल शाक्यको संचालनमा भएको सो कार्यक्रममा महासचिव बिष्णुप्रसाद प्रधानले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।