लघुवित्त कार्यक्रमबाट हजार बढी लाभान्वित

523

लघुवित्त कार्यक्रमबाट हजार बढी लाभान्वित

hatceray

बुटवल, ३ मंसिर । बुटवल १० मा सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्दश्य सहकारी संस्थाले संचालन गरेको लघुवित्त कार्यक्रमबाट रुपन्देहीका विभिन्न स्थानका झण्डै एक हजार सदस्यहरु लाभान्बीत भएका छन् ।

तीन वर्षअघि देखि रुपन्देहीको बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सालझण्डी, गजेडि र सुर्यपुरा गाविसमा संचालन गरेको लघुवित्तबाट संस्थाका २२७ समुहका सदस्यहरु लाभान्वित भएका हुन् । सहकारीको आज बसेको संयुक्त बैठकमा लघुवित्त कार्यक्रमबाट विपन्न तथा गरिव समुदायलाई धेरै फाईदा पुगेको अध्यक्ष मित्रबहादुर शाक्यले जानकारी दिनुभयो ।

उहाँले लघुवित्त कार्यक्रम मार्फत सदस्यहरुले ४० हजारदेखि २ लाखसम्म ऋण लिने गरेको समेत बताउनुभयो । संस्थाले लघुवित्तका कार्यक्रमका लागि अहिलेसम्म समुदायमा ५ करोड ३८ लाख ५८ हजारबढी लगानी गरेको छ । लघुवित्तबाट ऋण लगेकाहरुले पशुपालन, कुखुरापालन, किराना पसल, हार्डवेयर तथा कृषि क्षेत्रमा लगानी गरेको कोषाध्यक्ष दलबहादुर थापाले जानकारी दिनुभयो ।

संस्थाका उपाध्यक्ष धु्रर्वकुमार धितालको स्वागतमा भएको कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष शिवलाल राना, सल्लाहकार भुपालकुमार श्रेष्ठ, सुर्यकुमार श्रेष्ठ, मुल्यांकन समिति संयोजक उदयराज भण्डारी, लेखा समिति संयोजक प्रकाश बन्धु रेग्मी, कानुनी सल्लाहकार जिवनारायण अधिकारी, सदस्य राधेश्याम राजभण्डारी, डिलबहादुर थापा लगायतले सहकारीको सिद्धान्तलाई पच्छाउदै सहकारीको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

संस्थाका सचिव नेत्रलाल अर्यालको संचालनमा भएको कार्यक्रमले आउने पुस २ गते संस्थाको साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।  झण्डै दुई हजार सदस्य रहेको संस्थाको ३६ करोड ५५ लाख बराबरको वासलात  रहेको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।