असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने प्रयास : रक्षामन्त्री खांण

1.3K

असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने प्रयास : रक्षामन्त्री खांण

khadd

बुटवल, ३ मंसिर । रक्षामन्त्री बालकृष्ण खाणले संविधानले निर्धारण गरेको समय सीमा भित्र तीन वटै तहको निर्वाचन गर्न सरकारले अहिले संविधानप्रति असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस रुपन्देहीको क्षेत्र नम्वर ७ ले आज लुम्विनीमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उहांले संबिधान प्रति असन्तुष्ट मधेशी मोर्चा लगायतलाई सहमतिमा ल्याएर निर्वाचन गर्न सरकारले संबिधान संशोधनको तयारी गरेको पनि जानकारी दिनुभयो । नेपाली नजताका प्रतिनिधिले संविधान सभाबाट लेखेको संबिधान प्रति सबै जनतालाई अपनत्वको प्रत्याभुति दिलाउन सरकारले सबै दललाई सहमतिमा ल्याएर अघि बढन खोजेको बताउनु भयो ।

कांग्रेस केन्द्रीय सदस्य खाँणले संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले संसदमा भएका सबै दललाई सहमतिमा ल्याउन पहल गरिरहेको पनि बताउनु भयो । उहांलेपार्टी सभापति शेर बहादुर देउवाले संबिधान कार्यान्वयनका लागि मधेशवादी सहित अन्य असन्तष्ट दलहरुसंग छलफल गरिरहेको जानकारी दिदै प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमतिमा संबिधान संशोधन हुने बताउनु भयो ।

नेपाली कांग्रेसको महाधिवेशन पश्चात भातृ संगठनका महाधिवेशनहरु पनि भइरहेकाले पार्टी नेता कार्यकतामा नयां उत्साह आएको बताउदै अव स्थानिय निकायको निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । क्षेत्रीय सभापति दुर्गा उपााध्यायको सभापतित्वमा कार्यक्रम भएको थियो । मन्त्री खाणले आजै प्रभु बैकको लुम्विनी शाखा कार्यालयको पनि उदघाटन गर्नु भएको थियो ।