ओलीद्वारा मुटु अस्पताल अवलोकन

1.3K

ओलीद्वारा मुटु अस्पताल अवलोकन

oli-ajaj

बुटवल, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष्ँ केपी शर्मा ओलीले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अवलोकन गर्नुभएको छ ।

अस्पतालको अवलोकन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले सरकारले पुरा गर्नुपर्ने नागरिकको स्वास्थ्यको जिम्मेवारी समुदाय आफैले पुरा गरेको भन्दै अस्पतालको कामको प्रशंसा गर्नुभयो । उहांले सामाजिक क्षेत्रका व्यक्तिहरुको आर्थिक सहयोग र अथक प्रयासबाट सञ्चालित अस्पतालबाट यसक्ष्ँेत्रका मुटु, मिर्गाैला, दम तथा छाती रोगका विरामीहरुलाई ठूलो राहत मिल्ने बताउनुभयो । अध्यक्ष ओलीले अस्पताल सञ्चालनको लागि सरकारले सहयोग उपलब्ध गराउनुपर्ने भन्दै त्यसको लागि आफ्नो तर्फबाट हरतरहले सहयोग गर्ने बताउनुभयो ।

oli-heart

अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल सञ्चालनको लागि समुदायको झण्डै ८ करोड लगानी भएको भन्दै जग्गा अभावमा आफ्नै भवन निर्माण गर्न कठिनाई भएको बताउनुभयो । अस्पतालको भवन निर्माणको लागि जग्गा प्राप्त गर्ने काम प्रकृयामा रहेको भन्दै त्यसको लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले अस्पतालले दैनिक रुपमा पश्चिम क्षेत्रका मुटु, मिर्गाैला, दम तथा छाती रोगका झण्डै दुई सय विरामीलाई सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहांले अस्पतालले एक महिनाभित्रै मुटुको थप उपचारको लागि क्याथल्याब संचालन गर्न गईरहेको जानकारी समेत गराउनुभयो ।