भारत र चीन विरुद्व नेपाली भुमी प्रयोग हुदैन : रक्षामन्त्री खाँण

237

भारत र चीन विरुद्व नेपाली भुमी प्रयोग हुदैन : रक्षामन्त्री खाँण

khadd

बुटवल  ४ मंसिर । रक्षामन्त्री बालकृष्ण खाँणले नेपाललाई कुनै पनि मुलुकको गोटि बनाउन नहुनेमा बताउनु भएकोे छ । उहाँले नेपाली भूमिमा भारत र चीन विरुद्ध गतिविधी हुन दिन नहुने दावि गदै शक्तिशाली राष्ट्रको गोटी नेपाललाई बन्न दिन नहुनेमा जोड दिनु भयो ।

उहाँले मुलुकमा विकासको सम्भावनाका स्रोतहरु प्रशस्त रहेको उल्लेख गर्दै  तीनको प्रयोग गरि मलुकलाई समृद्ध बनाउने आधार धेरै भएको बताउनुभयो । पश्चिम नेपाल बस ब्यवसायी संघको २२ औ वार्षिक साधारण सभाको आज बुटवलमा उद्घाटन गर्दै मन्त्री खाँणले मुलुकमा भएका स्रोतहरुको पहिचान र खोजि गर्न सकेमा कुनै पनि मुलुकको गोटी बन्नु नपर्ने भनाई राख्नुभयो ।

कुनै पनि विकासका गतिविधिहरुमा अवरोध हुनु हुदैन भन्दै विकास निर्माणका गतिविधिलाई अवरोध र असहयोग गर्ने प्राविधिकहरु रुपन्देहीमा बस्नुको औचित्य नरहने चेुतावनी दिनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजना तथा  विकास निर्माणका योजनाहरुलाई आवश्यक पर्ने विभिन्न खाले कच्चा पर्दाथ उपलब्ध गराउने दायित्व स्थानीय निकाय तथा प्रशासनको भएकाले त्यसमा अवरोध सृजना गर्ने जो कोही भएपनि तिनीहरुलाई कारर्वाहीको दायरमा ल्याउने बताउनु भयोे ।

उहाँले सुमदायमा अवान्छित  गतिविधि गर्नेहरुलाई अव कुनै पनि सर्तमा नछाडिने बताउदै सेना तथा मन्त्रालय मातहत भएका जस अपजस दुबैको भागिदार आफु नै हुने स्पष्ट पार्नुभयो ।  कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले यातायात व्यवसायीका समस्या समाधान हुन्छन भने उच्चस्तिरिय यातायात प्राविधिकरण गठन गर्नु पर्नेमा जोड दिनु भयो ।

संघका अध्यक्ष दधिराम खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अब्दुल रज्जाक, यातायात ब्यवसायी चोप नारायण श्रेष्ठ नेपाल यातायात व्यवसायी महासंघका महा सचिव सरोज प्रसाद्र सिटौला ,नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने संघका महासचिव जिवन कुमार बन्जाडे लगायतले बोल्नु भएको थियो ।