कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेद्वार छान्न तीन नेता छलफलमा

339

कांग्रेसबाट  प्रधानमन्त्रीको उम्मेद्वार छान्न तीन नेता छलफलमा

nc

काठमाडौं,२२असोज/बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ। बैठकमा सबै केन्द्रीयसदस्यहरूले आफ्नो राय प्रस्तुत गरेका छन्।बैठकपछि कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीको उम्मेद्वार को भन्नेबारे खुलाएनन्। उस्तै उपसभापति रामचन्द्र पौडेलले एक पटक आफूलाई मौका दिनुपर्ने धारणा राखे। अहिलेको स्थितिमा म नै प्रधानमन्त्री उम्मेद्वारको लागि योग्य छु,’ पौडेलले भने यसैमा पार्टीको निर्णय होस्।’यस्तै बरिष्ठ नेता शेरबहादुर देउवाले  जसको नाममा समर्थन जुट्न सक्छ उसैलाई उम्मेद्वार बनाउनु पर्ने धारणा राखेका छन्। ‘अहिलेको स्थितिमा हाम्रो बहुमत पुग्दैन। जसको नाममा सहयोग जुट्छ जसलाई उठाए बहुमत पाउन सकिन्छ। त्यसैलाई उम्मेद्वार बनाउनु पर्छ,’ देउवाले भने। उनले तराई मधेसमा चलिरहेको आन्दोलनलाई पनि सम्बोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।कांग्रेसले आफ्नो तर्फबाट स्पष्ट उम्मेद्वार नभएकाले अहिले तीनै शीर्ष नेता बसेर उम्मेद्वार टुंग्याउने भएका छन्। अहिले तीन नेताको छलफल चलिरहेको छ।