सुबिधा सम्पन्न आम्रपाली कटेज संचालनमा

1.3K

सुबिधा सम्पन्न आम्रपाली कटेज संचालनमा

amrapali

बुटवल, ४ मंसिर । बुटवलमा सुबिधा सम्पन्न आम्रपाली कटेज तथा रेष्टुरेण्ट प्राली  संचालनमा आएको छ । यस क्षेत्रका सात जना युवा व्यवसायीको लगानीमा शुरु गरिएको आम्रपाली रेष्टुरेण्ट प्रालीले शनिवार देखि आफनो सेवा आरम्भ गरेको छ ।

चार करोड रुपैयाँको लागतमा वातानुकुलित रेष्टुरेण्ट, कटेज, विवाह मण्डप, सेमिनारहल तथा पार्टी प्लेसका रुपमा संचालन शुरु गरिएको प्रालीका अध्यक्ष भिमराज श्रेष्ठले बताउनु भयो । शान्ति तथा सुन्दरताको प्रतिकका रुपमा अमरपालीलाई जिवन्तता दिने र यस क्षेत्रमा नयाँ पनका साथ संचालन गरिने अर्को संचालन जविन कक्षपतिले बताउनु भयो ।

यस क्षेत्रका युवा व्यवसायी पंकज ज्ञवाली, भरत राना, विमलराज भट्टरार्ई, राजेन्द्र ढकाल र कृष्णप्रसाद श्रेष्ठ  पनि आम्रपालीका संचालक रहनु भएको छ ।