संसदमा नाकाबन्दीको विरोध ,प्रधानमन्त्रीको चुनाव आइतबार हुने

1.3K

संसदमा नाकाबन्दीको  विरोध ,प्रधानमन्त्रीको चुनाव आइतबार हुने

samsad

काठमाडौं,२२असोज /भारतीय नाकाबन्दीविरूद्ध सभासदहरूले चर्को विरोध गरेका छन्। व्यवस्थापिका संसदको  बैठकमा शुक्रबार बोल्दै सभासदहरूले भारतले लगाएको नाकाबन्दीमाथि चर्को विरोध गरिरहेका छन्।कांग्रेस सभासद भरतकुमार शाहले जसले जे भने पनि भारतले हामीमाथि नाकाबन्दी लगाएकै हो भन्दै यो पहिलोपटक नभएर तेस्रो पटकको नाकाबन्दी भएको दाबी गरे। यस्तै सभासद शाहले सुनौलीमा भारतीय सिमापारि बसेर केही व्यक्तिले नेपाली जनता र सुरक्षाकर्मीमाथि आक्रमण गरेको बताए।उनले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने धारणा राखेका छन्। ‘भारतले २०२७ सालमा उत्तरी नाकाबाट सेना हटाउनुपर्दा, २०४५ मा नेपालले चीनबाट हतियार किन्दा नाकाबन्दी गरेको थियो । अहिले हामीले संविधान जारी गरे बापत नाकाबन्दी भएको छ,’ उनले भने।संसद बैठकमै बोल्दै एमाले सांसद भीम रावलले भारतले अन्तरार्ष्ट्रिय अभिसन्धी र संयुक्त राष्ट्रसंघको बडापत्र बिपरित नेपाललाई अघोषित नाकाबन्दीमा पारेकोमा आपत्ती जनाए। यो नाकाबन्दी विरुद्ध नेपालले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नैपर्ने धारणा राखे।रावलले नेपालका कतिपय मधेसी दलले बिगतका सम्झौंता पालना गरौ भनिरहेको अवस्थामा भारतले सम्झौता कार्यान्वयन गरोस् भनेर किन बोल्न सक्दैनन् ? भन्ने प्रश्नसमेत गरेका थिए।बैठकमा एमाओवादी सांसद अग्नि सापकोटाले नाकाबन्दीको अन्तर्राष्ट्रियकरण गर्न सरकार असफल भएको आरोप लगाए।

यता नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको निर्वाचन आगामी आइतबार ११ बजे हुने भएको छ। सहमतीय सरकार निर्माणका लागि राष्ट्रपति रामवरण यादवले दिएको समयसीमा  बिहीबार सकिएपछि  संसदलाई बहुमतबाट नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रिया सुरू गर्न पत्र पठाएका थिए।संविधानको धारा २९८को ३ अनुसार नयाँ प्रधानमन्त्री चुन्ने प्रकिया अगाडि बढाउन राष्ट्रपति यादवले संसदलाई पत्र पठाएका हुन्।राष्ट्रपतिले पठाएको पत्र संसद्को बैठकमा प्रस्तुत गर्दै भोलि प्रधानमन्त्रीको उम्मेदवारी दर्ता र पर्सी निर्वाचनको कार्यक्रम राखिएको हो। यसैगरीसंसदको बैठक अाइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ।  शुक्रबार पहिलो बैठक बसेको थियो।