भगत सर्वजितद्धारा एम्बुलेन्स सेवा शुरु

1.5K

भगत सर्वजितद्धारा एम्बुलेन्स सेवा शुरु

ambulance

बुटवल, ५ मंसिर ।  भगत सर्वजित स्मृति प्रतिष्ठान नेपालले एम्बुलेन्स सेवा शुभारम्भ गरेको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको एम्बुलेन्सको आज प्रतिष्ठानका अध्यक्ष एंव नेकपा एमालेका स्थायी समिति सदस्य छविलाल विश्वकर्माले शुभारम्भ गरेका हुन ।

दलित र विपन्न समुदायलाई सेवा प्रवाह गर्ने उदेश्यले प्रतिष्ठानले एम्बुलेन्स सेवा शुरुवात गरिएको प्रतिष्ठानका अध्यक्ष विश्वकर्माले बताए । उनले दलित आन्दोलनका अगुवा एंव समाज सुधारक भगत सर्वजित विश्वकर्माको स्मृतीमा प्रतिष्ठान गठन गरि दलित समुदायको हितमा काम गरिरहेको बताए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले भगत सर्वजितका नाममा दलित समुदायको परम्परागत सिपलाई विकास गर्नका लागि बजेट छुट्टाएको उल्लेख गर्दै प्रतिष्ठान मार्फत विपन्न दलित समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

एम्बुलेन्स सेवा शुभारम्भ तथा नेपाल सरकारको बजेटमा दलित समुदाय बिषयक अन्तरक्रिया कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँ, पूर्व सभाषद नेत्र पन्थी, नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, भगत सर्वजित स्मृति प्रष्ठिानका कार्यवाहक अध्यक्ष जोगलाल विश्वकर्मा, सचिव एमवि विश्वकर्मा, कोषाध्यक्ष तेजप्रसाद विश्वकर्मा, लुम्बिनी अञ्चल अस्पतालका अध्यक्ष डा.प्राश्चित श्रेष्ठ, पत्रकार बालकृष्ण चापागाई, बुद्धटोल सुधार समितिका अध्यक्ष सिता आचार्यले बोल्दै भगत सर्वजित प्रतिषठानले एम्बुलेन्स सेवा शुरु गरेर उदाहरणीय काम गरेको भन्दै विपन्न दलितलाई राहात पु¥याउन आग्रह गरेका थिए ।