पाकिस्तानविरुद्ध नेपालले एकदिवसीय क्रिकेट खेल्ने

384

पाकिस्तानविरुद्ध नेपालले  एकदिवसीय क्रिकेट खेल्ने

kriketबुटवल्,असोज २२ /नेपालले पाकिस्तान विरुद्ध एकदिवसीय क्रिकेट खेल्ने भएको छ। यो खेल संयुक्त अरब इमिरेट्सको आबुधाबीमा आउने कार्तिक २२गते हुने छ।टेष्ट राष्ट्रसँग नेपालले खेल्न लागेको यो दोस्रो पटक हो। यसअघि २० ओभरको विश्वकपमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो। एकदिवसीय क्रिकेटमा भने नेपाल पहिलो पटक टेष्ट मान्यताप्राप्त टोलिसँग भिड्न लागेको हो।इंग्ल्याण्डसँग टेष्ट श्रृङ्खला खेल्न पाकिस्तान युएइ पुगेका बेला सञ्चालन गर्ने गरी आइसीसीले यो खेल तालिका मिलाएको हो। तर, पाकिस्तानबाट कुन स्तरको टोलि खेल्ने र कुन स्तरको खेल हुने भन्नेचाहिँ निर्णय भइसकेको छैन।विश्वक्रिकेट लिग च्याम्पियनसीपमा पपुवान्युगीनी विरुद्धको खेलको तयारीका लागि नेपालले यो खेल खेल्न लागेको हो। नेपाल र पपुवान्युगीनीबीचको खेल कार्तिक ३० र मंसिर २ गते हुने छ।