दिवसमा कर अन्तरक्रिया

1.3K

दिवसमा कर अन्तरक्रिया

madira

बुटवल, ५ मंसिर । पाँचौं राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजश्व कार्यालय बुटवल र मदिरा व्यबसायी संघ रुपन्देहीको संयुक्त आयोजनामा आईतबार कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ ।

उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत दुर्गादत्त भण्डारीले कर सम्बन्धि प्रकास पार्दै सबैलाई करको दायरामा आउन आग्रह गर्नुभयो । कार्यक्रममा कर अधिकृत उमा काफ्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा मदिरा व्यबसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल, रुपन्देहीका अध्यक्ष सुलोचन ढकाल, निवर्तमान अध्यक्ष खिमबहादुर खत्री, उपाध्यक्ष टिकाराम पन्थीले कर प्रशासनमा देखिएका समस्या राख्दै समस्या समाधान हुनेगरी रणनीति बनाउन कार्यालयलाई आग्रह गर्नुभएको थियो ।

मदिरा व्यबसायीले आग्रह गरेको अवैध मदिरा नियन्त्रणकालागि कार्यालयले प्रतिवद्धता जनाएको अध्यक्ष सुलोचन ढकालले बताउनु भयो ।