मंगलापुर मेलामा रोबर्ट प्रर्दशनी गरिने

322

मंगलापुर मेलामा रोबर्ट प्रर्दशनी गरिने

tilotama-chamber-of-commerce-and-industry-logo

बुटवल, ६ मंसिर । तिलोत्तमा नगरपालिकाको मंगलापुरमा मंसिर २३ गतेदेखि सञ्चालन हुने मेला तथा महोत्सवमा यान्त्रिक मानव (रोबर्ट)को प्रर्दशनी गरिने भएको छ ।

तिलोत्तमा उद्योग वाणिज्य संघकोआयोजनामा यही मंसिर २३ गतेदेखि पुष ४ गतेसम्म  हुने राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रर्वद्धन महोत्सवमा काठमाण्डौका इञ्जिनियरहरुले बनाएको यान्त्रिक मानव (रोबर्ट) राखिने भएको छ ।

कक्षा १० मा यान्त्रिक मानव (रोबर्ट) का सम्वन्धमा पढाई हुने भएपनि बिद्यार्थीहरुले त्यसको प्रत्यक्ष अवलोकन गरी जानकारी लिन नपाइरहेको अवस्थामा बिद्यार्थीहरुको अध्ययनलाई लक्ष्यित गरेर त्यस्तो व्यवस्था गर्न लागिएको संघका महासचिव माधवलाल देवकोटाले जानकारी दिनु भयो ।

तिलोत्तमामा पहिलो पटक हुन लागेको मेला तथा महोत्सवलाई देशका अन्य स्थानका फरक र उद्धेश्यमुलक बनाउन स्थानिय उद्योग, उत्पादन, खानपान र संस्कृतिलाई बढी प्राथमिकता दिने र आन्तरीक पर्यटर्न प्रवद्र्धनका कार्यक्रमहरु गरिने प्रचार संयोजक हरिलाल पाण्डेले बताउनु भयो ।

३ सय स्टल राख्ने लक्ष्य लिएकोमा २ सय स्टल दर्ता भइसकेका छन ।