विप्लव नेतृत्वको माओवादी महिला संगठनमा नेतृत्व चयन

807

विप्लव नेतृत्वको माओवादी महिला संगठनमा नेतृत्व चयन

banduuuबुटवल,असोज , विप्लव नेतृत्वको नेकपा माओवादी निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको छठौं राष्ट्रिय सम्मेलन रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।सम्मेलनले बन्धु चन्दको अध्यक्षमा ६१ सदस्यीय कार्यसमिति चयन गरेको सम्मेलनपछि गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । जसको उपाध्यक्षमा सम्झना घर्ती, महासचिवमा ममिला वान्तवा, सचिवमा धिरेन्द्रा उपाध्याय, कोषाध्यक्षमा सविता तामाङ्ग, सदस्यहरुमा प्रतिमा गहतराज, चन्द्रा केसी, रीता मैनाली, बसन्ती जिसी, शिवा खड्का, गौरी न्यौपाने, शारदा गिरी, रन्जू चौधरी, नन्दा बुढा, सरिता ढुंगाना, जौहरीदेवी महतो, छलीमाया अधिकारी, लक्ष्मी सुर्खेती, गौरा धामी, सिर्जना मल्ल, अन्जु कुमाल, सुनिता श्रेष्ठ, शुसिला वि.क., हेमन्त बुढाथोकी, जानकी दहित, सीता शाह, अनिता बुढा, पवित्रा विक, लक्ष्मी तामाङ्ग, मुना कार्की, जमुना रेग्मी, विमला भट्राई, पासाङ शेर्पा, मनु अछामी, प्रमिला लामा, भक्तिमाया रेग्मी मगर, विष्णु कोइराला, सीता श्रेष्ठ, हरिमाया तामाङ्ग, गीता कार्की, लक्ष्मी राई, कल्पना सुवेदी, गोमा वली, कलसा वि.क., अन्जु खड्का रमिता शाही, छायाँ खड्का चन्द्रकला वली, राजकुमारी शाही, गीता मल्ल, उषा घर्ती मगर, सम्झना धामी लगायत रहनुभएको छ ।

अनेमसंघ क्रान्तिकारीको असोज २० र २१ गते बुटवलमा राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । उद्घाटन सत्रमा देशभरिबाट उपस्थित प्रतिनिधि, पर्यवेक्षक र स्थानीय तहबाट सहभागी महिलाहरुको जुलुस बुटवलको मिलनचोकबाट बाजागाजासहित शुरु भई पाल्पारोडमा उद्घाटन सभामा परिणत भएको थियो ।

उद्घाटन सत्रमा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी माओवादीका स्थायी कमिटि सदस्य धर्मेन्द्र बास्तोला, महिला नेतृ तथा नेकपा माओवादीका पिविएम उमा भुजेल, नेकपा माओवादीका केन्द्रिय सदस्य सन्तोषी वि.क., महिला नेतृ सरला रेग्मी, अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष ठाकूर प्रसाद चापागाई, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पूर्ण सिंह, तामाङ मुक्ति मोर्चाका अध्यक्ष माणिक लामा, दलित मुक्ति मोर्चा नेपालका उपाध्यक्ष सिता वि.क., अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको तर्फबाट प्रतिमा बजगाई, अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारीका केन्द्रिय अध्यक्ष घनश्याम पाठक लगायले सम्मेलन सफलताको शुभकामना राखेका थिए । केन्द्रिय संयोजक बन्धु चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सम्झना घर्तीले गर्नुभएको थियो । बन्दसत्रबाट निर्वा्चित ६१ सदस्यीय समितिले समसामयिक प्रस्तावको नाम दिई २५ वटा बुदाँहरु पेश गरेको छ । पेश गरेका २५ बुदाँमा जनयुद्ध, रोल्पा सहमति, १२ बुँदे समझदारी, विस्तृत शान्ती सम्झौता महिला अधिकार, प्रतिगामी संविधान खारेजी, वर्गिय मुक्तिसँग महिला मुक्ति लगायतका विषय राखेको छ । पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वा्चित अध्यक्ष चन्दले २५ बुँदा आजका नभई हिजोदेखी बुँदा भएको र यसको लागी मात्र नभई समग्र महिला मुक्तीको नेतृत्व अनेमसंघ क्रान्तिकारीले गर्ने उद्घोष गर्नुभएको थियो ।