
ललित पाण्डेय/
सैनामैना, ८ मसिर । देश निर्माणमा व्यापारको आवश्यकता, ब्यवसायिक हितसँगै समाजिक एकता भन्ने मुल नारा सहित बिहीबार बाट सञ्चालन हुने प्रथम राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३ को तयारी पुरा भएको छ ।
सैनामैना २ कालिका चोकमा ९ गते देखि २० गते सम्म सञ्चालन हुने महोत्सवको प्रवेश गेट, सचिवालय, स्टल, स्टेज, बाल उद्यान निर्माण भई तयारी अवस्थामा रहेको आज पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो । महोत्सव प्रवेशद्धार पर्रोहा बोलबम धाम मन्दीर आकारमा निर्माण गरिएको छ ।
महोत्सवमा ५ लाख दर्शकद्धारा अवलोकन गरि १० करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको सैनामैना ब्यपार संघका अध्यक्ष दुर्गा गौतमले जानकारी दिनु भयो । २५० स्टल रहने महोत्सवमा सैनामैनामा उत्पादन भएका बस्तुको स्टल, स्थानिय, कृषि, बैङ्क, खाद्य समाग्रि, लत्ता कपडा लगायत अन्य बस्तुको स्टल रहने उहाले जानकारी दिनु भयो ।
सैनामैनामा पहिलो पटक आयोजना हुन लागेको महोत्सवमा नगरपालिका भित्र रहेका धार्मिक, ऐतिहासिक, पर्यटकिय स्थल पर्राेहा परमेश्वर बोलबम धाम, मलमला मन्दिर, रानीकुवा, लगतायतका स्थानमा अवलोकनका लागि टुर प्याकेजको ब्यवस्था गरिएको अध्यक्ष गौतमले जानकारी दिनु भयो ।
महोत्सव प्रवेशको लागि रु ५० शुल्क लाग्ने र विद्यार्थी, अपाङ्गता भएकालाई रु ३०, समुहमा आउनेलाई रु २० शुल्क लाग्ने छ । आज युवा क्लब,आमा समुह लगायत सम्पुर्ण नगरबासीको सहभागितामा मोटरसाईकल, कार ¥र्याली निकालिएको छ । यस्तै भोली बिहान १० बजे देखि पन्चेबाजा, झाकि सहित को ¥र्याली सहित पुर्व सभामुख सुवास नेवाङ्ग बाट उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजकको जनाएका छन् ।