उद्योग संघको अधिवेशनको तयारी पुरा,वरिष्ठ उपाध्यक्षमा टक्कर

उद्योग संघको अधिवेशनको तयारी पुरा,वरिष्ठ उपाध्यक्षमा टक्कर

Rupandehi-Udyog-Sanghबुटवल,असोज , रुपन्देही उद्योग संघको भोली असोज २३ गते साधारण सभा तथा अधिवेशन हुँदै छ । जसका लागि सबै तयारी पुरा भएको संघ सचिवालयले जनाएको छ । अधिवेशन समेत भएकोले संघको नयां नेतृत्व मध्ये कतिपय पदमा मतदान समेत हुने भएको छ । अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीको मात्रै उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्ष पदमा गणेशप्रसाद अधिकारी र बिष्णु कुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । सचिव पदमा पनि कृष्ण प्रसाद पौडेल र कृष्ण प्रसाद पराजुलीको चुनावी मैदानमा छन् । त्यसैगरि सदस्यहरुका लागि पनि मतदान हुने भएको छ । दुवै समुह प्यानल नै बनाएर निर्वाचनमा प्रतिशपर्दाका लागि जुटेका छन् । उमेदावारहरु चुनावी प्चारका लागि उद्योगीहरुको घरदैलोमा समेत पुगेका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •