ब्यासमा व्यवस्थापन समिति गठन

425

ब्यासमा व्यवस्थापन समिति गठन

byashदेवदह, ९ मंसिर । ब्यास आधारभूत बिद्यालय देवदह–८ सुनकौडामा बिद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

शिवप्रसाद ढकालको अध्यक्षतामा नयाँ बिद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा दुर्गादेवि काफ्ले, सिता परियार, सुमित्रा थापा, मिना गैरै, राम बहादुर अधिकारी रहनुभएको छ । त्यसैगरी सदस्य सचिवमा मिना ज्ञवाली र हिमा रिजाल रहनुभएको छ । त्यसैगरी शिक्षक अभिभावक संघ गठन सम्बन्धमा विष्णु गुरुङ्गको अध्यक्षतामा बिभिन्न कार्यसमिति चयन गरिएको छ ।

जसको सदस्यहरुमा अर्चना कुमाल, शान्ति क्षेत्री, उमा सारुमगर, दिलमाया झेडीं, जानकी लोध, रामबहादुर खत्री र यम कुमारी परियार रहनुभएको छ ।

यसैबीच कार्यक्रममा सहभागी वक्ताहरुले  बिद्यार्थीको जग बलियो बनाउन बिद्यालयको शैक्षिक वातावरण उपयुक्त हुनुपर्ने बताएका थिए ।  साथै उनीहरुले उपयुक्त सिकाईले नै बिद्यार्थीको भविष्य निर्धारण गर्ने हुदा आधारभूत तहबाट नै सिकाई फलदायी हुनुपर्ने बताएका थिए ।

बिद्यालय व्यस्थापन समितिका भूतपुर्व अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल स्रोत केन्द्रका स्रोत व्यक्ति रामजित प्रसाद चौधरी, समाजसेवी रामकृष्ण पौडेल, बिद्यालयका भूतपुर्व प्रध्यानाध्यापक धुव्रप्रसाद न्यौपाने, युगज्योति माध्यमिक बिद्यालय व्यवस्थापन समितका सदस्य मेघनाथ पौडेल, सन्दिप आधारभूत बिद्यालयका प्रध्यानाध्यापक चन्द्रकान्त अर्याल, नवनिर्वाचित अध्यक्ष शिवप्रसाद ढकाल र अभिभावक रामप्रसाद खत्री लगायतले भनाई राख्नुभएको थियो ।

कार्यक्रम बिद्यालयका प्रध्यानाध्यापक मिना ज्ञवालीको संचालन र शिक्षक हिमा रिजालको स्वागतमा सम्पन्न भएको थियो ।