
ललित पाण्डेय/
सैनामैना, ९ मंसिर । प्रथम राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३ आज बाट सुरु भएको छ ।
देश निर्माणमा व्यापारको आवश्यकता, ब्यवसायिक हितसंगै सामाजिक एकता भन्ने मुल नारा सहित महोत्सव सुरु भएको हो । महोत्सव सुरु हुनु भन्दा अगाडि सैनामैनाका विभिन्न स्थान बाट विभिन्न जात जातीका पोषाक, झाकी, पन्चेबाज सहित संंघ संस्था, विद्यालयका ब्यानर सहितको ¥यालि मेला स्थल सैनामैना २ कालिकाचोकमा पुगेको थियो ।
महोत्सवको पुर्व सभामुख सुवास नेम्वाङ्ले उद्घाटन गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सभामुख नेम्वाङले सबिधान कार्यान्वय नहुदा सम्म दलहरु एक ठाउमा उभिएर देश र जनताको हितमा लाग्नु पर्ने बताउनुभयो । त्यसको लागि जनताले पनि दबाब दिनु पर्नेमा जोड दिनु भयो । जनताले बनाएको सबिधान देश र जनताको हितमा मात्र परिमार्जन गर्न सकिने बताउनु भयो ।
उहांले सिगो नेपाल लाई अगाडि बढाउने क्षमता लुम्बिनी संग भएको बताउनुभयो । गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा भएका सम्पदाहरुको संरक्षण हुनु पर्नेमा जोड दिनुभयो ।
उहांले बाल्यकालको सम्झना थर्दै आफु तिलौराकोटमा २ वर्ष बिताएको बताउदै ठुलो सम्पदा लुम्बिनी, तिलौराकोटमा ऐतिहासिक बस्तुहरुको संरक्षण पहिलनै हुुनु पर्नेमा अहिले केहि हद सम्म भएको बताउनु भयो । हामी सग भएको सम्पदा संरक्षण गर्न नसकेको अवस्थामा नभएकाहरुले कृतिम लुम्बिनी बनाएको चर्चा चलेको समेत बताउनु भयो ।
त्यस्तै कार्यक्रममा नेपाली काग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले राज्य पुनसंरचनाका कुरामा मुक्तिनाथ र लुम्बिनी मिलेर बनेको प्रदेश न ५ मा नेतृत्वले खुट्टा कमाउदा गिद्धे द्धिष्ट परेको बताउनु भयो । उहाले यो क्षेत्रलाई अपमान गरियो भने सबिधान कार्यन्वयनमा ठुलो संकट आउन सक्छ भन्दै चेतावनी दिनु भयो ।
त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले तराई र पहाड समाजिक सत्भाव मिलेर बनेको प्रदेश न ५ माथी घात भएमा शान्ति भङ्ग भएर जनता आगो बन्ने बताउनु भयो । यहाका जनता मिलर बसेको बेलामा प्रदेश न ५ टुक्राएमा अहिलेका् सरकार २४ घण्टा पनि टिक्न नसेक्ने भट्टराईले ठकुवा गर्नु भयो ।
मंसिर २० गते सम्म सञ्चालन हुने महोत्सवमा सैनामैनाको पहिचान राष्ट्रिय स्तरमा कायम गर्नका लागि महोत्सवको प्रवेश द्धारालाई पर्यटकिय धार्मिक स्थल पर्रोहा परमेश्वर बोलबम धामको आकारमा सजाएको छ भने ,यहँका धार्मिक पर्यटकीय स्थलहरु थारु होम स्टे,मलमला मन्दिर, ऐतिहासिक रानिकुवा,ठुलोकुवा,बोलबम पर्यटकिय पार्क देखि मौलीक कला सस्कृतिको संरक्षण गर्ने गरी महोत्सवलाई आक्रर्षक बनाईको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु सगै हास्य व्यङ्य प्रदशन, विभिन्न जातजातिका झाकी प्रदर्शन तथा प्रतियोगिता सहित ,उत्कृष्ट स्टललाई पुरस्कार, बाल उद्यान,मौतका कुवा, बिशेष आक्रर्षक रेष्टुरेन्ट, हाउजी बिङको तम्बोला, पर्यटकीय स्थलको अवलोकन गर्ने टुर प्याकेज तथा हात्ति उठको सफारी गर्र्ने लगायत विबिध मनोरञ्जनात्मक कार्यक्रमहरु मुख्य आकर्षणका रुपमा रहनेछन् ।
यस्तै,महोत्सवमा कृर्षि उत्पादन,कृर्षि औजार,जडिबुटी तथा औषधि,छालाका सामानहरु,गारमेन्ट,गलैचा,सुचना प्रबिधी,सौर्य उर्जा, घरजग्गा निर्माण सामग्री,फर्निसिङ्ग तथा दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराइने छ । महोत्सव स्थल २४ घण्टै सि.सि.टि.भि सहितको सुरक्षामा राखिएको सचिवालय व्यवस्थापन संयोजक देवराज पौडेलले जानकारी दिनुभयो ।
महोत्सवमा आयोजकले २ लाख दर्शकले अवलोकन गरी १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिएका छन् । मंसिर २० गते सम्म सञ्चालन हुने ‘प्रथम राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा व्यापार महोत्सव–२०७३’ सैनामैना–२ कालिकाचोक मुर्गीयामा चलिरहेको छ । सैनामैना ब्यापार सघंले आयोजना गरेको महोत्सव पालो गर्दै आगामी बर्ष सैनामैना उद्योग बाणिज्य सघंले सञ्चालन गर्ने छ ।