कोइराला प्रधानमन्त्रीको उम्मेदवार

कोइराला  प्रधानमन्त्रीको उम्मेदवार

pm

काठमाडौं,  २३ असोज। नेपाली कांग्रेसले पार्टी सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ ।प्रधानमन्त्रीका तीन दावेदार कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारबनाउने सहमति भएको हो । एक नेताले भने,-‘उम्मेदवारीबारे निर्णय गर्ने जिम्मा तीन नेतालाई दिइएको थियो । उहाँहरुबीचमा सुशील कोइरालाको नाममा सहमति भएको छ ।’कांग्रेसले कोइरालाको सरकार गठनका लागि समर्थन जुटाउन एमाओवादीसहितका दलहरुसँग छलफल गर्नेछ ।एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।दुई ठूला दलले सरकारको नेतृत्व दावी गरेपछि ८३ सभासद रहेको तेस्रो ठूलो दल एमाओवादी निर्णायक बनेको छ ।एमाओवादीले एमालेलाई समर्थन गर्ने संकेत दिएकाले ओलीकै पक्षमा बहुमत पुग्ने सम्भावना बलियो देखिएको छ ।तर, उसका केही सर्त छन् र अहिलेसम्म उसले राष्ट्रिय सहमपतिको सरकार भन्दै आएको छ।एमाओवादीको समर्थन हुने हो भने कांग्रेसको नेतृत्वमा सहजै सरकार बन्नेछ । एमाले र एमाओवादी एक ठाउँमा गए भने कांग्रेसलाई सरकार बनाउन मधेस केन्द्रीत दल, राप्रपा, राप्रपा नेपाल र साना सबै दलको समर्थन जुटाउन पर्छ, जुन सहज छैन ।कांग्रेससहित एमाओवादी नहुने हो भने एमालेलाई पनि सहज छैन । एमाओवादीले साथ दियो भने एमालेले राप्रपा नेपाल र साना दललको समर्थनमा सरकार बनाउन सक्नेछ ।संसद सचिवालयले उम्मेदवार दर्ताका लागि विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकेको छ । भोलि ११ बजे संसादमा मतदान हुनेछ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •