बुटवल, ११ मंसिर । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म मंगलापुरमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रर्वद्धन महोत्सवको तयारी तिव्र पारिएको छ ।
मेलाकै तयारीकाक्रममा स्थानिय राजनीतिक दल, संघ सस्था र सरकारी कार्यालयहरुसंग छलफल सम्पन्न भइसकेको छ । आज स्थानिय क्लव र आमा समुहसंग मेला स्थलमा छलफल भएको छ । छलफलमा आमा समुहका अध्यक्ष तथा सामाजिक क्लवका अध्यक्षहरुले तिलोत्तमामा पहिलो पटक हुन लागेको मेलाको बिबिधिकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
छलफलमा महिला नेतृ गंगा शाहिले मेला संस्था बिशेष मात्र नभई तिलोत्तमाको प्रतिष्ठासंग गासिएकाले सबै आमा तथा महिला समुहको सक्रिय सहभागिता र सहयोग हुने बताउनु भयो । त्यस्तै लिस्नु युवा क्लवका अध्यक्ष लोक पुनले युवालाई आर्कषित गर्ने र श्रृजनात्मक कार्यक्रमहरु मेलामा सहभागि गराउन आग्रह गर्दै क्लवहरुले सामुहिक तथा संस्थागत रुपमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष गुणनिधि भण्डारी र महासचिव माधवलाल देवकोटाले मेलाको तयारीका सम्वन्धमा अहिले सम्म भएका कार्यहरुको जानकारी गराउनु भएको थियो ।
आजै मेलामा अष्टेलियन नागरी एडिक्टले मेलामा आफनो देशका उत्पादन र रोजगारमुलक स्टल राख्ने सम्वन्धमा छलफल गर्नु भएको छ ।
उहाले रोजगारी श्रृजना गर्ने सम्वन्धमा मेलामा जानकारीमुलक स्टल राख्ने आश्वासन दिनु भएको छ ।