देवदह मेडिकलमा बिद्यार्थीलाई स्वागत

354

देवदह मेडिकलमा बिद्यार्थीलाई स्वागत

medical-clz

देवदह, ११ मंसिर । देवदह मेडिकल कलेज भलुहीमा आठौं ब्याज नर्सिङ्ग र एच.ए प्रथम वर्षका बिद्यार्थीलाई एक कार्यक्रमका बिच स्वागत गरिएकोे छ ।

कलेज दोश्रो वर्षका बिद्यार्थीहरुद्धारा उक्त कार्यक्रमको आयोजना गरिएको हो । दोश्रो वर्ष कलेजका छात्रा बिन्दु भट्टराईको सभापतित्व, कलेजका प्रबन्धक निर्देशक डा. रजनिस जिन्दलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, अस्पताल निर्देशक प्रोफेसर डा. रेशम राना, नर्सिङ्ग प्रिन्सिपल रमा जोशी, अस्पतालका प्रशासक सुरेन्द्र अधिकारी, वरिष्ठ प्रशासकिय अधिकृत माधव सापकोटा, डिलाराम आचार्य लगायतले बोल्दै नर्सिङ्ग पेशा निस्वार्थ मानविय सेवा भएकाले फोलोरेन्स नाइङ्गिलले हिडेको बाटो अपनाउदै नर्सिङ्ग पेशामा आबद्ध हुन आग्रह गर्नुभएको थियो ।