अख्तियार प्रमुखको नियुक्ती सार्वजनिक सुनुवाईबाट : पहाडी

1.3K

अख्तियार प्रमुखको नियुक्ती सार्वजनिक सुनुवाईबाट : पहाडी

shanti-samaj

बुटवल, १२ मंसिर । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्की पुनः वहाली हुने अबस्था आए शान्ति समाजले देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । लोकमान पुनः वहाली हुने अवस्था आए नागरिक तहबाट आन्दोलन हुने र त्यसको नेतृत्व शान्ति समाजले गर्ने बताउनु भएको हो ।

बुटवलमा सम्पन्न समाजको १९ औ राष्ट्रिय परिषद बैठकको निर्णय सार्बजनिक गर्न आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लोकमानको पुर्नवहाली हुने अबस्था लोकतन्त्रको लागि घातक हुने भएकाले लोकतन्त्रको संरक्षणकालागि पनि लोकमान फिर्ता नहुने गरि घटनाक्रम बिकास गर्नुपर्ने बताउनु भयो ।

संसदमा दर्ता भएको लोकमान बिरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी दिनमा संसदमा दर्ता हुन सक्ने महाअभियोगका प्रस्तावहरुको किनारा १५ दिनभित्रै लाग्ने व्यवस्था गर्न पनि माग गर्नुभयो । आगामी दिनमा अख्तियार प्रमुखको नियुक्ती सार्वजनिक सुनुवाईबाट गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहांले संविधानको प्रस्तावनामा अहिंसा राख्न सबै दललाई आग्रह गर्नुभयो । उहाँले संबैधानिक निकायहरुमा मानवअधिकार उलङघनका दोषीहरुको नियुक्ति रोक्न माग गर्नुभयो । जिवित रहेका बर्तमान तथा पुर्ब प्रधानमन्त्री, पुर्बराजा र मन्त्रीहरुको सम्पतीको श्रोत सार्बजनिक गर्नुपर्ने माग गर्दै उहाँले त्यसो भएमात्रै शान्ति समाजले भ्रष्टाचार रहित नेपालको परिकल्पना गरेको बताउनु भयो ।
।
नयां नेतृत्व चयन
नौ बुदे प्रस्ताव पारित गरेको परिषद बैठकले आगामी दुई बर्षकालागि गंगाधर अधिकारीको सभापतित्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ ।

जसको वरिष्ठ उपसभापतिमा रामजीप्रसाद सुवेदी, उपसभापतिमा गोबिन्द खनाल, महिला उपसभापतिमा रेनुका पौडेल, सचिवमा उत्तम पुडासैनी चयन भएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै सचिवमा प्रदेश नम्बर १ बाट विष्णुप्रसाद चापागाई, २ बाट राजकिसोर झा, ३ बाट राजेन्द्र पौडेल, ४ बाट स्यामसुन्दर पराजुली, ५ बाट सुशिल बस्नेत, ६ बाट देबेन्द्र सेजुवा र ७ बाट मदन कुबर, महिला सचिवमा पुप्पा कुमारी के.सी दलित सचिवमा टेक कुमारी सार्की, आदिवासी जनजातिबाट वलबहादुर ग्राहा मगरलाई चयन गरिएको छ । कोषाध्यक्षमा बटुकृष्ण दुंगेल चुनीनु भएको छ ।

दुई वर्षे कार्यसमितिको सदस्यहरुमा कृष्णबहादुर रावल, विकास थापा चन्द्र आङ्दम्बे, अन्नत कोईराला, बावुहरी आर्चाय, कृष्ण पराजुली, मीना ढकाल, गीता श्रीस, सीता श्रेष्ठ, अन्जु गौतम परियार रहनु भएको छ । अव नेतृत्वले ६ जना सदस्य मनोनित गर्ने छ । जसमा ५ जना महिला रहने छन् ।