बुटवल २३ असोज ।आदिवासी जनजाति राष्ट्रिय आन्दोलन,नेपालका निर्देशक समितिका सदस्य आङकाकाजी शेर्पाले आदिवासी जनजाति,मधेश र थरहट आन्दोलनलाई एकीकृत गरेर लैजाने बताएका छन् ।उनले अलग—अलग रहेका आन्दोलनलाई एकीकृत गरेर लैजानका लागि मधेसी, थरुहट र आदिवासी जनजाति नेताहरुसंग छलफल भैसकेको बताए।आदिवासी जनजाति पत्रकार मञ्च,नेपाल,रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं आदिवासी जनजाति नेता शर्पाले उक्त कुरा बताए ।एमाले अध्यक्ष के.पी. ओलीलाई प्रधानमन्त्री बनाउंन एमाले नेताहरु भारत धाउंदा कुंनैं आपत्ति नहुंने आदिवासी जनजाति आन्दोलनलाई अन्तराष्ट्रिय करण गर्नका लागि भारतीय राजदुत भेट्दा यत्रो आपत्ति उनले सुनाए ।आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहनुभएका शेर्पाले आफुहरुले पहिचानसहित अधिकार माग्दा जातीय राज्य मागेको आरोप लागेको गुनासो गरे ।आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पाले पहाड र मधेशको भावनालाई आदिवासी जनजाति आन्दोलनको मोर्चाले जोड्ने बताए ।मधेश आन्दोलनलाई सहयोग गर्न आफुहरु बुटवलमा आएको समेत उनले बताए