बुटवल, १२ मंसिर । बुटवल महिला जेसीजको २१ औ बार्षिक साधारण सभा तथा अधिबेशन रुपा पाण्डेको नेतृत्वमा नया समिति चयन गर्दै सम्पन्न भएको छ ।
अधिबेशनबाट कार्यकारी उपाध्यक्षमा लक्ष्मी भट्टराई र नेत्र कुमारी अर्याल, उपााध्यक्षमा कल्पना भुसाल, उषा खत्री, धनु श्रेष्ठ र अनुपमा श्रेष्ठ, सहकोषाध्यक्षमा मुना रिजाल र सहसचिवमा जानुका भट्टराई भुसाल निर्वाचित हुनु भएको छ । बाकी पदाधिकारी अध्यक्षले कार्यसमितिको परामर्शमा पछी मनोनित गर्नेजेसीजको परम्परा रहेको छ ।
वननिर्वाचित अध्यक्ष पाण्डेले एक बर्षे कार्यकालमा महिलाहरुको नेतृत्व बिकास र सामाजिक बिकास तथा सहयोगका क्षेत्रमा काम गर्ने प्रतिबद्धता वयक्त गर्नु भएको छ ।
यस अघि बर्ष २०१५/०१६का अध्यक्ष मञ्जु भुसालको अध्यक्षता र महिला नेतृ सुलोचना नेपालको आतिथ्यमा भएको साधारण सभामा पुर्वअध्यक्ष मिना पौडेल, पुर्वअध्यक्ष तथा निर्वाचन आयुक्त राजुदेबि खनाल, लक्ष्मि थापा, निशान भुसाल, लक्ष्मी भट्टराई लगायतले महिला जेसीजले यस क्षेत्रमा गरेका कार्यहरुको प्रशंसा गर्नु भएको थियो ।