अटो एशोसियशनमा पाण्डे

1.3K

अटो एशोसियशनमा पाण्डे

auto

बुटवल, १३ मंसिर । बुटवल अटो ईञ्जिनियरिङ्ग एशोसियशनको सम्पन्न अधिवेशनबाट दुई वर्षे कार्यकालकालागि अध्यक्ष पदमा सन्तोष पाण्डे निर्वाचित हुनु भएको छ ।

आईतबार भएको निर्वाचनको राती प्राप्त मत परिणाम अनुसार कुल ३ सय ४८ मत खसेकोमा पाण्डेले १ सय ८० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी विश्वराज गैरेले १४८ मत प्राप्त गर्नुभएको थियो ।

दुई पक्षिय प्रतिस्पर्धा भएको एशोसियशनको पदाधिकारी मिश्रीत आएको छ भने सदस्य भने अधिकाँश सन्तोष पाण्डे प्यानलका छन् । एसोशियसनको उद्योग उपाध्यक्षमा प्रेम गौचन र बाणिज्य उपाध्यक्षमा मिनराज भुसाल सन्तोषको प्यानलबाट निर्वाचित हुनु भएको छ ।

पदाधिकारीमा बाँकी महासचिव कोषाध्यक्ष र सचिवमा भने विश्वराज गैरेको प्यानलबाट आएका छन् । महासचिवमा बाबुलाल पाण्डे, कोषाध्यक्षमा दिपेश घिमिरे र सचिवमा मनिस पाण्डे निर्वाचित हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा पुजा गैरे, कृष्णप्रसाद न्यौपाने, एकादेव न्यौपाने, तुलसीराम न्यौपाने, ढुण्डीराज भण्डारी, केशरप्रताव जवरा, प्रेम दर्लामी र दिनेश थापा निर्वाचित हुनु भएको छ ।