झोले ब्यापारीका कारण फर्निचर ब्यवसायी समस्यामा

1.3K

झोले ब्यापारीका कारण फर्निचर ब्यवसायी समस्यामा

furniture

बुटवल, १३ मंसिर । बुटवल फर्निचर उद्योग संघको साधारण सभा तयारीको लागि बैठक सम्पन्न भएको छ । आज बसेको संघको दशौ बैठकले पुसमा साधारण सभा गर्ने तयारी गरेको छ ।

यसैगरि झोले ब्यापारीका कारण फर्निचर ब्यवसायीहरु समस्यामा परेको भन्दै सरोकारवाला निकायहरुले यस विषयमा अनुगमन र कारवाही गर्न समेत सम्बन्धित निकायहरुलाई पत्राचार गर्ने बैठकले निर्णय गरेको छ ।

फर्निचर ब्यवसायीहरुको हकहितका लागि स्थापना भएको संघले वार्षिक कार्ययोजना अनुसार सामाजिक हितका क्षेत्रमा रक्तदान, वृक्षरोपणलगायत विभिन्न कार्यक्रमहरुलाई समेत निरन्तरता दिने संघका अध्यक्ष नरेश कुमार श्रेष्ठले बताए ।

यसैगरि संघले देविनगरमा निमार्ण गरिरहेको भवनको कामसमेत अन्तिम चरणमा पुगेको कोषाध्यक्ष जीवकान्त काफलेले बताए । विभिन्न सहयोगीदाताहरुबाट प्राप्त आर्थिक, भौतिक सहयोगबाट भवन निमार्ण भएको उनले बताए ।

रुपन्देही जिल्लामा घरेलु तथा साना उद्योगमा दर्ता भएका ४ सय ५० उद्योगहरु रहेका मध्ये २ सय बढि उद्योगीहरु फर्निचर संघमा आवद्ध रहेका छन भने दर्ता नभएका धेरै झोले ठेकेदारहरु घरघरमा गएर काम गर्दै आएका छन ।