सुशीलले दर्ता गरे उम्मेदवारी

1.3K

सुशीलले दर्ता गरे उम्मेदवारी

baaaकाठमाडौं, असोज, प्रधानमन्त्री पदबाट राजीनामा बुझाएलगत्तै सुशील कोइरालाले नयाँ प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावक कांग्रेसकै शेरबहादुर देउवा छन् भने समर्थक पनि कांग्रेस नेता रामचन्द्र पाैडेल छन् ।उम्मेदवारी दर्ता गराएपछि कोइरालाले लोकतान्त्रिक अभ्यास भएकाले पार्टीको निर्णय बमोजिम आफुले उम्मेदवारी दिएको बताए । ‘मेरो उम्मेदवारी फिर्ता हुँदैन, यो पार्टीको निर्णय हो,’ उनले भने । उनले अोलीले जिते आफूले सहयोग गर्ने र आफूले जिते अोलीले सहयोग गर्ने भन्दै सहकार्य नटुट्ने बताए . प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो पदबाट राजीनामा दिएका छन् । केहीबेरअघि राष्ट्रपति डा. रामवरण यादवलाई सितल निवासमा भेटी उनले राजीनामा पत्र बुझाएका हुन् । सितल निवासबाट निस्केर संसद् भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री चुनावका लागि उम्मेदवारी दर्ता गराउने तयारीमा कोइराला छन् । नेपाली कांग्रेसले आजै कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी ओलीले भने प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।