कांग्रेस सहमहामन्त्री राजीनामा

1.3K

कांग्रेस सहमहामन्त्री राजीनामा

lollकाठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री पुर्णबहादुर खड्काले राजीनामा घोषणा गरेका छन्। तीन दलबीचको एकतालाई कायम राख्दै अगाडि बढ्नु पर्नेमा पार्टीले नै प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएपछि खड्काले सहमहामन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन्।

शनिबार सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी खड्काले आफ्नो असहमतिसति सहमहामन्त्री पदमा नबस्ने जानकारी गराएका छन्। ‘जारी प्रक्रियामा असहमति भएपछि म पदमा बस्ने कुरा भएन,’ खड्काले नागरिकन्युजसँग भने,’ राजीनामा घोषणा गरेको छु ।

प्रक्रियमार्फत राजीनामा पत्र पठाउँछु।’ खड्काले प्रमुख तीन दलबीच एकता तोड्न नहुने अडान राख्दै मधेसलगायतका समस्या समाधान गर्न र संविधानका कार्यान्वयका लागि संसदको एकता बढी जरुरी रहेको बताउँदै आएका छन् । अहिलेको अवस्थामा पार्टी पदको लोभमा पर्नु नहुनेमा उनले जोड दिँदै आएका छन्।