एमाओवादीका २९ जना केन्द्रिय सदस्यको विरोध

1.3K

एमाओवादीका २९ जना केन्द्रिय सदस्यको विरोध

aaaकाठमाडौं, असोज , नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निःशर्त समर्थन गरेको बारे एकीकृत नेकपामा माओवादी पार्टीमा विवाद देखिएको छ। देवेन्द्र पौडेल, खिमलाल देवकोटा, रामचन्द्र झा लगायतका २९ जना केन्द्रिय सदस्यहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै  पार्टीको निर्णयले आफूहरु आश्चार्यमा परको बताएका छन्।देशको समस्या समाधानको ठोस र भरपर्दो आधार विना नै एमालेलाई समर्थन गरेको भन्दै उनीहरूले ‘देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय सहमति कायम गरेर जानु पर्ने अवस्थामा यो निर्णयले गम्भीर एवं आश्चर्यचकित बनाएको  बताएका हुन्। एमाले नेतृत्वलाई विना सर्त सहयोग गर्ने निर्णयले देश झन दलदलमा फस्ने बताउँदै उनीहरूले पार्टीको निर्णयप्रति आफूहरूको विमति रहेको बताएका छन्।