कारमा आगलागी

1.3K

कारमा आगलागी

car

देवदह, १५ मंसीर  । देवदहको घोडाहा र भलुहीको वीच जंगलमा एउटा कार पूर्णरुपमा जलेर नष्ट भएको छ । गाडीको तार सर्ट हुदा गाडी पूर्णरुपमा जलेर नष्ट भएको हो ।

देवदहको खैरेनी देखि बुटवल तर्फ गईरहेको वा १५ च १०३२ नम्वरको कार चलेर पूर्णरुपमा नष्ट भएको हो । बुटवल निवासी धनबहादुर सुनारको गाडीमा आगलागी भई पूर्णरुपमा नष्ट भएको हो । गुडीरहेको कारको ईन्जिनमा एक्कासी आगलागी भई कार पूर्णरुपमा जलेको गाडी धनी सुनारको भनाई रहेको छ ।

गाडीको पछाडि भागमा एक्कासी धुवा निस्को र के भयो भनी आफु गाडीबाट तल झरेर हेर्ने क्रममा गाडीमा आगलागी भई पूर्णरुपमा जलेर ध्वस्त भएको सुनारले बताउनुभयो ।