संशोधन प्रस्तावको बिरोधमा सत्तारुढ दलकै बिद्यार्थी

1.3K

संशोधन प्रस्तावको बिरोधमा सत्तारुढ दलकै बिद्यार्थी

nebisang

बुटवल, १६ मंसिर । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको बिरोधमा सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले आज बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।

पाँच नंम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, रुकुम रोल्पा र प्युठानलाई तराईबाट अलग्याउने गरी संसदमा दर्ता भएको संशोधन प्रस्तावको सवत्र विरोध भईरहँदा सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि बिरोध प्रदर्शन गरेको हो ।

बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस र लुम्बिनी बाणिज्य क्याम्पस नेबिसंघ इकाईले संयुक्त रुपमा गोलपार्कदेखि सुरु गरेको बिरोध प्रदर्शन ट्राफिक चोक, अस्पताल लाईन, मिलनचोक, तीनकुने हुँदै देवीनगरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य टंक पाण्डेले संविधान संशोधन मार्फत पहाड र तराईको सम्बन्ध तोड्ने षड्यन्त्र रचिएकाले कदापी स्वीकार गर्न नसकिने बताउनु भयो । उहाँले सरकारले गलत निर्णय लिएकाले तत्काल फिर्ता लिन आग्रह गर्दै यदि संविधान संशोधन प्रस्ताव फिर्ता नलिए आन्दोनको ज्वारभाटा निकाल्ने चेतावनी दिनुभयो ।