बुटवलमा झडप, हसिया, हथौडा रहेको स्मारक तोडफोड (फोटो फिचर)

1.3K

बुटवलमा झडप, हसिया, हथौडा रहेको स्मारक तोडफोड (फोटो फिचर)

2

बुटवल, १६ मंसिर । प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा भएको आन्दोलनले उग्र रुप लिएको छ ।

बुटवलको मुख्य चोक पुर्व पश्चिम राजमार्गको विचमा (पुष्पलाल पार्क) स्तम्भमा रहेको कम्युनिष्टको हसिया, हथौडा अंकित झण्डा तोडफोड गरी नेपालको राष्ट्रिय झण्डा राखेका छन् । स्मारकमा रहेको झण्डा तोडफोड गर्ने क्रममा आन्दोलनकारी र प्रहरी विच झडप भएको छ ।

आज बिहानैदेखि सुरु भएको नेतृत्व विहिन आन्दोलनले दिउँसो एकाएक माओवादी केन्द्रको सहिद स्मारक तोडफोडमा उत्रेको थियो । आन्दोलनका कारण तनावग्रस्त बनेको बुटवलमा उक्त झडपमा परि ४ जना प्रहरी र दुई जना बन्द कर्ता गरि ६ जना घाईते भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको पनि प्रहरीले जनाएको छ । आन्दोलनकारीले उक्त स्मारक तोडफोडमा उत्रेको र आफूहरुले त्यसलाई रोक्ने प्रयास गर्दा झडपको रुप लिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक प्रदिपकुमार डिसीले बताउनु भयो । प्रदर्शनकारीले यस अंगाडी अस्पताल लाइनमै रहेको होटेल कस्तुरीमा समेत तोडफोड गरेका थिए ।

पाँच नं. प्रदेशमा रहेका पहाडी जिल्लालाई अलग्याउने गरी सरकारले संसदमा दर्ता गराएको विध्यकको बिरोधमा रुपन्देही तथा तराईका जिल्ला सहित पहाडी जिल्लामा चर्को आन्दोलन सुरु भएको छ । उक्त विधेयकलाई फिर्ता गर्नुपर्ने माग सहित बिभिन्न संस्थाले आम हड्ताल आह्वान गरेका छन् । जसका कारण यस क्षेत्रको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।

उक्त विधेयकको बिरोधमा सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ सहित अनेरास्ववीयु लगायतका बिद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् ।

बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण राजमार्गमा चल्ने सवारी साधन ठप्प भए । बन्दकर्ताको अवरोधका कारण भित्री सडकमा समेत सवारी साधन चलेका थिएनन् । बजार, पसल, औद्योगिक प्रतिष्ठान, शिक्षणसंस्था सबै बन्द भए । सडकमा नाराजुलुससहित टायर बालिएका छन् ।

यसैबीच अनेरास्ववीयुले आज देखि अनिश्चितकालिन बन्दको आह्वान गरेको छ भने अखण्ड ५ न प्रदेश दवाव अभियान लुम्बिनीले पनि आफ्नो आन्दोलन जारी रहेको जनाएको छ । आन्दोलनको क्रममा कही कतै घुसपैठ भएको समेत आशंका गरिएको अभियानका संयोजक विष्णु पोखरेलले विज्ञप्ती मार्फत जनाउनु भएको छ ।

3

58

7