आर्थिक सवलिकरणले वैदेशिक रोजगारीलाई कम गर्ने

1.3K

आर्थिक सवलिकरणले वैदेशिक रोजगारीलाई कम गर्ने

remittance

बुटवल, १६ मंसिर । आर्थिक सशक्तिकरणका कार्यक्रम गर्ने हो भने महिलाहरु बैदेशिक रोजगारिमा गएर समस्यामा पर्न नपर्ने सरोकारवालाले बताएका छन् ।

आर्थिक विपन्नताका कारण बैदेशिक रोजगारीको खोजीमा खाडी लगायतका मुलुकमा महिलाहरुलाई जानु पर्ने बाध्यता रहेको उल्लेख गर्दै उनीहरुले विभिन्न ग्रामीण समुदायमा महिलाहरुलाई आर्थिक सशक्तिकरणका कार्यक्रम गर्नु पर्ने बताएका थिए ।

माईती नेपाल सिद्धार्थनगरले भैरहवामा गरेको मानव वेचविखन ओसारपसार तथा सुरक्षित बसाई सराई सम्वन्धि कानुनी सहायता कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले महिलाहरुलाई आर्थिक रुपमा सवल बनाएमा बैदेशिक रोजगारीमा जार्नै पर्ने बाध्यताको पनि अन्त्य हुने बताएका हुन् । महिलाहरु आफ्ना अधिकारका बारेमा समेत अनविज्ञ हुँदा धेरै समस्याहरुको सामना गर्नु परेको भन्दै उनीहरुले महिलाहरुलाई आफ्ना अधिकारसँगै कानुनी उपचारका बारेमा पनि थाहाँ पाईनु पर्ने बताएका थिए ।

अधिवक्ता धनबहादुर खड्का, यमुना न्यौपानेले महिलाको अधिकार र न्यायिक वकालतका बारेमा प्रशिक्षण दिनु भएको कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाका सामाजिक अधिकृत शेखरनाथ पान्थी, नेपाल रेडक्रस सोसाईटिका शैलेन्द्र तुलाधर, पुनम जैसवाल, सरस्वती घिमिरे लगायतले महिलाहरुलाई बैदेशिक रोजगारिमा बाध्यताको अन्त्य गर्नु पर्ने जार्नै पर्ने भएमा सुरक्षित आप्रवासनको जानकारी गराउनु पर्ने बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका वडा नागरिक मञ्चका सदस्य, महिला सञ्जालका सदस्य, प्रहरीहरुको सहभागिता रहेको कार्यक्रममा माईति नेपालकी प्रमुख प्रभा खनालले मानव वेचविखन र त्यसको अवस्थाका बारेमा जानकारी दिनु भएको थियो ।