स्मारक तोडफोडमा संलग्न नरहेको कांग्रेस, एमालेको दावी

1.3K

स्मारक तोडफोडमा संलग्न नरहेको कांग्रेस, एमालेको दावी

5

बुटवल, १६ मंसिर । बन्द तथा प्रदर्शनका क्रममा बुटवलको अस्पताल लाईनमा रहेको सहीद स्मारकमा भएको तोडफोडप्रति आफूहरुको संलग्नता नरहेको नेपाली काँग्रेस र नेकपा एमालेले जनाएका छन् ।

नेपाली काँग्रेसले आज नै एक विज्ञप्ती जारी गरि उक्त तोडफोडले ध्यानाकर्षण गराएको सचिव रामकृष्ण खाँणले उल्लेख गर्नुभएको छ । बुटवलमा भएको प्रदर्शनका क्रममा आन्दोलनलाई अराजक बनाइएको भन्दै कांग्रेसले आन्दोलनलाई संयमित र सन्तुलित बनाउन आन्दोलनरत पक्षसँग आग्रह गरेको छ ।

उक्त कार्यमा आफ्ना पार्टिका कुनै पनि कार्यकर्ताको संलग्नता नरहेको उल्लेख गर्नुभएको छ । त्यस्तै नेकपा एमालेले पनि उक्त तोडफोडमा पार्टीको कुनै संलग्नता नभएको जनाएको छ । उक्त तोडफोडमा पार्टी तथा कार्यकर्ता कोही पनि सहभागि नभएको विज्ञप्ती निकालेर जानकारी गराएको हो । उनीहरुले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउनेगरी संशोधन विध्येक आएकोमा भने आफूहरुको बिरोध रहेको जनाएका छन् ।