बुटवलमा बृहत जनप्रदर्शन (फोटो फिचर)

1.3K

बुटवलमा बृहत जनप्रदर्शन (फोटो फिचर)

10खेमानन्द पाठक/
बुटवल, १७ मंसिर । प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा आज बुटवलमा प्रदर्शन भएको छ ।

बुटवलमा क्रियाशिल विभिन्न व्यवसायिक संघ/संस्था, पेशागत संघ संगठनले बृहत ¥याली प्रदर्शन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघ, पश्चिम नेपाल वस व्यवसायी संघ, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन, अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनी, ई–रिक्सा व्यवसायी संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ लगायतका रुपन्देहीमा क्रियाशिल विभिन्न संघ/संगठनले बृहत जनप्रदर्शन गरेका हुन् ।

मंगलवार सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि बुधवार देखि नै बुटवल लगायत गुल्मी, पाल्पा, अर्घाखांची, प्युठान, रुकुम, रोल्पा लगायतका पहाडी जिल्लामा दिनहु विरोध प्रदर्शन भएका छन् । हिजो बुटवलमा आन्दोलनकारी र प्रहरी विच झडप हुंदा चार जना प्रहरी सहित ६ जना घाइते भएका थिए ।

आज बुटवलमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरुले संवोधन गर्ने कार्यक्रम छ ।

1

2345789111213