चौंथो दिन पनि बुटवल ठप्प (फोटो फिचर)

1.3K

चौंथो दिन पनि बुटवल ठप्प (फोटो फिचर)

aandolan-3

ढुङ्गा प्रहार गर्ने दुई जना पक्राउ

बुटवल, १८ मंसिर । सरकारले व्यबस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधयेकको बिरोधका कारण रुपन्देही चार दिनदेखि ठप्प छ । बिभिन्न संघसंस्थाले बन्दको आह्वान गरेका छन् भने त्यस्तैगरी उक्त संशोधन विध्येयकको बिरोध प्रदर्शन भईरहेको छ ।

प्रर्दशनकै क्रममा आज बुटवलको राजमार्ग चौराहाबाट प्रहरीले दुई जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कतिपय स्थानमा प्रदर्शनकारीले अभद्र व्यबहार गर्नुका साथै अराजकता प्रदर्शन गरेका छन् । बुटवलको राजमार्ग चौराहामा सटरमा ढुङ्गा प्रहार गरे लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरि नियन्त्रणमा राखेको हो । अनियन्त्रित रुपमा ढुङ्गा हान्दै हिँडेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुटवलको मिलनचोकमै भैरव युवा समाजले उक्त विधयेकको बिरोधमा प्रदर्शन गरिरहेको छ । अस्पताल लाईनमा रहेको माओवादी केन्द्रले निर्माण गरेको शहिद स्मारकमा प्रहरीले सुरक्षा दिईरहेको छ । त्यहा बिहीबार शहिद स्मारक फाड्न खोज्दा झडप भएपछि प्रहरीले कडा सुरक्षा प्रहरा दिएको हो । अन्य स्थानमा भने शान्त देखिन्छ ।

बिभिन्न संस्थाले आह्वान गरेको आम हड्तालका कारण बुटवलबाट छुट्ने कुनै पनि सार्वजनिक सवारीका साधन चलेका छैनन् । उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् । व्यापार व्यबसाय पनि बन्द छन् । प्रहरी, पत्रकार, एम्बुलेन्स, दुध बोक्ने तथा विवाहका गाडी भने निर्वाध रुपमा चलेका छन् । कही कतै भने पत्रकारमाथि पनि दुव्र्यबहार भएको पत्रकारहरुले बताउने गरेका छन् ।

aandolan

aandolan-2

aandolan-1