
बुटवल, १८ मंसिर । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अघि देखि अखण्ड ५ नम्बर प्रदेशको लागि दवाव अभियान चलाएको अखण्ड ५ नं. प्रदेश दवाव अभियान लुम्बिनी आज ५ बजे देखि बन्दका कार्यक्रम स्थगित गरेको छ ।
अभियानका संयोजक विष्णु पोख्रेलद्वारा केही समय अघि जारी विज्ञ्प्तीमा चार दिन देखि बन्द हड्तालका कारण यस क्षेत्रको आर्थिक तथा शैक्षिक अवस्था अस्तव्यस्त बन्न पुगेको भन्दै अन्य आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गर्दै तत्कालका लागि भने आज पांच बजेबाट बन्द हड्तालको कार्यक्रम स्थगित गर्ने उल्लेख छ । विज्ञ्प्तीमा आन्दोलनललाई थप रचनात्मक र प्रभावकारी बनाउनका लागि पुनः बैठक बसेर नयां कार्यक्रम तय गरिने जनाइएको छ ।
यसैबीच नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेले आज ५ बजे बाट स्थगित रहेको बन्द भोलि ९ बजे देखि जारी रहने जानकारी दिनुभयो । आज बुटवलमा दुई पटक राजनीतिक दलको संयुक्त बैठक बस्यो ।
पहिलो बैठक एमालेले आयोजना गरेको थियो । फेरि सर्वदलिय बैठक बसेपनि मधेसी दललाई समेत समेत्ने गरी भोलि बैठक बसिने बताइएको छ । बैठकपछि नेपाली कांग्रेस, नयां शक्ति, माओवादी केन्द्र र विप्लव माओवादीले संविधान संशोधन प्रस्तावको पक्षमा नैतिक समर्थन भएपनि कार्यकर्ता परिचालन नगरिएको बताएका छन् ।
प्रेस विज्ञक्ती
आदरणिय न्यायप्रेमी महानुभावहरु , गत मंगलबार मन्त्रि परिषद वैठकबाट पारित गरि रातारात प्रदेश न ५ को सिमाङकन परिर्वतन गरि संसद सचिवालयमा संसोधन प्रस्ताव दार्ता गराएपछि त्यसका विरुद्ध जनलहर उर्लदो छ । अखण्ड ५ न प्रदेश दवाव अभियान लुम्बिनीले आह्वान गरेको बन्द हड्ताल र प्रर्दशनमा आदरणिय महानुभावहरुको उत्साहजनक सहभागिता र सहयोग अतुलनिय रहेको ठहर छ ।
स्थानिय जनताको चहना र भावनालाई कुल्चिदै गरिएको घोर जनविरोधी सिमाङकन प्रस्ताव हेरफेर सम्बन्धी प्रस्ताव फिर्ता लिनुको विकल्प नभएकोे कुरा हाम्रो यो पांच दिनको आन्दोलनले प्रष्ट पारेको छ । अत संंशोधन प्रस्ताव फिर्ता लिनुको कुनै विकल्प नभएको ठहर पनि हामीले गरेका छौ । हाम्रो आन्दोलन जनचाहना र भावना अनुशार आम जनताको साथ र समर्थनमा भएको सर्बविदितै छ ।
आन्दोलनका क्रममा केहि हिसात्मक र गलत गतिविधि भएको प्रति हाम्रो गंभिर ध्यानाकषर्ण भएको छ । आन्दोलनमा घुसपैठ गरि केहि अराजक तत्वले माओवादी केन्द्रले निमार्ण गरेको शहिद स्मारण तोडफोठड, नेकपा माओवादीको पार्टि कार्यालयमा भएको ढुङगामुढा,सुरक्षाकर्मीहरुमाथी आक्रमण तथा सर्बसाधारणहरुको व्यापार व्यवसाय र गाडि तोडफोडका घटनाप्रति हाम्रो आन्दोलनको मर्म र भावना विपरित रहेको छ । त्यस्ता खालका अराजक गतिविधि गर्ने तत्वको खोजविन गरि कारवाहीको दायरामा ल्याउन पनि हामी अपिल गर्दछौ ।
साथै हामीले उठान गरेको यो खालको आन्दोलनमा साथ र सहयोग गर्ने नेपाली कांग्रेस नेकपा एमाले,माओवादी केद्र लगायतका राजतितिक दल र तिनका भातृ संगठन,विभिन्न व्यवसायीक र समाजिक संघ संस्थाहरुप्रति आभार प्रकट गर्दछौ । र यो आन्दोलनललाई निश्किर्षमा नपुर्याउदा सम्म यस्तै खालको सहयोगका लागि अनुरोध पनि गर्दछौ । किनकी यो आन्दोलन कुनै दल विशेष भन्दा पनि आम जनताको भएको प्रमाणि पनि भैसकेको छ । चार दिन देखि बन्द हड्तालका कारण यस क्षेत्रको आर्थिक तथा शैक्षिक अवस्था अस्तव्यस्त बन्न पुगेको महसुस हामीले गरका छौ । अत यो आन्दोलनललाई थप रचनात्मक र प्रभावकारी बनाउनका लागि अन्य आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गर्दै तत्कालका लागि भने शनिबार आज पांच बजेबाट बन्द हड्तालको कार्यक्रम स्थगित गर्ने जानकारी गराउछौ । पुन बैठक बसेर नया कार्यक्रम तय गरिने छ ।
विष्णु पोखरेल, संयोजक
अखण्ड ५ न प्रदेश दवाव अभियान लुम्बिनी