बुटवल । भारतले अघोषित रुपमा नेपालमा नाकाबन्दी लगाईरहेको सन्दर्भमा रोटरी क्लव अफ तिलात्तमा रुपन्देहीले पेट्रोलियम आपूर्ति सहज बनाउन माग गरेको छ ।
मुलुकमा भएको पेट्रोलियम अभावका कारण नागरिकले सास्ती व्यहोर्नु परेको भन्दै सरकारलाई त्यस्तो आग्रह गरेको हो भने आम नागरिकलाई पनि मितव्ययी बन्न अनुरोध गरेको छ ।
शनिबार बुटवलमा भएको क्लवको बैठकले आफ्ना सदस्यहरुलाई समेत यात्रामा मितव्ययीता अपनाउन आग्रह गर्दै लिफ्ट दिने प्रबृत्ति बिकास गर्न अनुरोध गरिएको क्लवका अध्यक्ष खिमानन्द भुसालले बताउनु भयो । बैठकमा संस्थापक अध्यक्ष डोलराज गैरे, पूर्व अध्यक्ष बालकृष्ण अर्याल, सदस्य सुनिल मरासीनि, नविन श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।