
बुटवल, १९ मंसिर । संविधान संशोधन प्रस्तावका विषयमा भैरहेको आन्दोलनप्रति विभिन्न राजनीतिक दलहरुले गंभिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनीहरुले जनताको भावनाको कदर गर्ने भन्दै आन्दोलनका नाममा भएको तोडफोड र अराजकताप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनीहरुले सामुहिकरुपमा विज्ञक्ती जारी गर्दै आन्दोलनका नाममा बुटवलको शहिद स्मारक ताडफोड, पार्टी कार्यालय लगायतका सार्वजनिक स्थनहरुको तोडफोडप्रति गंभिर आपत्ती जनाउदै दोषिलाई कारवाहीको माग समेत गरेका छन् ।
यसरी सामुहिक बिज्ञक्ती जारी गर्नेहरुमा नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक नारायण बहादुर जिसी निर्मल, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य प्रदिप कुमार उदय, नयां शक्ति नेपाल पार्टीका केन्द्रीय सदस्य निर्दोष अली र जनमोर्चा नेपालका जिल्ला अध्यक्ष चित्र वहादुर थापा रहेका छन् ।