बुटवल, २३ असोज । मदिरा व्यबसायी संघ रुपन्देहीले कार्यसमितिलाई पूर्णता दिनुका साथै सल्लाहकार चयन गरि उनीहरुलाई स्वागत गरेको छ ।
शनिबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमको आयोजना गरि मनोनित गरिएका सदस्य पदम घिमिरे र रामकृष्ण कंडेललाई प्रमाण प्रत्र प्रदान गरिएको हो भने सल्लाहकारमा पूर्व अध्यक्ष कृष्णप्रसाद नेपाल, दिनेशप्रसाद श्रेष्ठ, राजु गुरुङ्लाई, कानुनी सल्लाहकारमा तुलसीराम ढकाल र प्रेस सल्लाहकारमा कबिन्द्र नेपाललाई चयन गरि स्वागत गरिएको हो । उहाँहरुलाई संघका अध्यक्ष सुलोचन ढकालले स्वागत गर्नुभएको थियो ।
गत ११ गतेको कार्यसमिति बैठकले कार्यसमिति सदस्य तथा सल्लाहकारहरु चयन गरेको थियो । सो अवसरमा बोल्दै सल्लाहकारहरु कृष्णप्रसाद नेपाल, दिनेशप्रसाद श्रेष्ठ, तुलसीराम ढकालले संस्थामा आवश्यक पर्दा आफ्नो तहबाट पूर्ण रुपमा सहयोग हुने बताउनु भयो ।
संघले जिल्लामा भएका मदिरा व्यबसायीका समस्या सुन्न तथा संयोजन गर्नकालागि क्षत्र निर्धारण गरि संयोजक चयन गरि परिचालन गरिएको छ । त्यस्तै साधारण सभाले अख्तियारी प्रदान गरेको गरिव तथा असाहाय बृद्धबृद्धालाई निशुल्क रगत उपलव्ध गराउने कार्यकालागि कार्यबिधिको काम भईरहेको महासचिव भिष्मराज अर्यालले जानकारी गराउनु भयो । त्यस्तै व्यबसायी हितकोषकालागि आगामी बैठकबाट कार्यबिधि निर्माणको जिम्मेवारी तोकेर काम अंगाडी बढाउने तयारी भएको प्रथम उपाध्यक्ष मृगेन्द्र गोबिन्द श्रेष्ठले बताउनु भयो ।
सो अवसरमा व्यबसायिक समस्याका बारेमा छलफल गर्दै समस्या समाधानकालागि संघले पहल गर्ने अध्यक्ष ढकालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।