देवदहमा विरोध सभा

1.3K

देवदहमा विरोध सभा

birod-sava

देवदह, मंसिर । प्रदेश नम्बर ५ मा रहेको पहाडी जिल्ला अन्य प्रदेशमा राख्नेगरी संविधान संशोधन प्रस्तावको विरोधमा देवदहमा विरोध सभा भएको छ ।

नेपाल तरुण दल देवदह र नेपाल बिद्यार्थी संघको संयुक्त आयोजनामा विरोधसभा भएको हो ।  कार्यक्रममा सहभागी वक्ताहरुले अखण्ड प्रदेश निमार्णमा नेपाली कांग्रेसको भातृसंस्था सक्रियका साथ लागि परेको बताए । साथै उनीहरुले ५ नं प्रदेशको बचाउ अभियानमा नेपाली कांग्रेस बोल्न सकेन भनेर गरिएको भ्रामात्मक प्रचारलाई चिर्दै नेपाली काग्रेसको भातृ संस्था अखण्ड प्रदेश बचाउ अभियानमा लागको बताएका थिए  ।

कार्यक्रममा नेपाली कांगे्रसका गतिशिल युवाहरु राष्ट्र स्वाभिमानमा एक भएर लाग्ने बताए । उनीहरुले ५ नं प्रदेश टुक्रिदा पहाड, तराई दुबैलाई समस्या हुने उल्लेख गर्दै नेपाली कांग्रेस अखण्ड लुम्बिनी रक्षाको लागि अग्रसर भएको बताएका थिए ।

देवदह आर्दश बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति केशव अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बिद्यार्थी नेता शकंर गिरी, नेपाल शिक्षक संघ नगर सभापति निर्मल ढुङ्गाना, नेपाल शिक्षक युनियन पुर्व जिल्ला अध्यक्ष झविन्द्र प्रसाद पाण्डे, महाधिवेशन प्रतिनिधि रामकृष्ण पौडेल, नेपाल शिक्षक संघ पूर्व जिल्ला सदस्य कृष्ण अर्याल, पूर्व नगर सचिव प्रमोद खनाल, नेपाल लेखक संघ केन्द्रीय सदस्य सरस्वति बस्याल लगायतले बोल्दै ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग गर्न नहुने नेपाली कांगे्रसको अडान रहेको बताएका थिए । विद्यार्थी नेता शंकर गिरीको स्वागत र नगर सचिव अर्जुन पोखरेलको संचालनमा कार्यक्रम भएको थियो ।