मंगलापुर मेलामा कृषि बाली प्रतियोगिता हुने

467

मंगलापुर मेलामा कृषि बाली प्रतियोगिता हुने

tilotama-chamber-of-commerce-and-industry-logoबुटवल, २० मंसिर । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवारदेखि सुरु हुने औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रर्वद्धन महोत्सवमा बिभिन्न प्रतियोगिता र गोष्ठिहरु आयोजना गरिने भएको छ ।

मेला तथा महोत्सवको अवसरमा कृषि बाली प्रतियोगिता, कृषि तथा पर्यटन सम्वन्धि बक्तृत्वकला प्रतियोगिता र उद्योग व्यवसाय सम्वन्धि गोष्ठि आयोजना गरीने संघका सचिव कमल कडेलले जानकारी दिनु भयो । त्यस्तै सास्कृतिक कार्यक्रम अन्र्तगत लोक दोहोरी गीत, तिलोत्तमा गायन प्रतियोगिता, तिलोत्तमा नृत्य प्रतियोगिता, बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने संयोजक धन बहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

दोहोरी गीतमा प्रथम द्धितिय र तृतिय पुरस्कार क्रमश ४० हजार २५ हजार र १५ हजार ,तिलोत्तमा गायन प्रतियोगितामा प्रथम द्धितिय र तृतिय पुरस्कार क्रमश ५० हजार ३० हजार र २० हजार, तिलोत्तमा नृत्य प्रतियोगितामा प्रथम द्धितिय र तृतिय पुरस्कार क्रमश ५० हजार ३० हजार र २० हजार र बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम द्धितिय र तृतिय पुरस्कार क्रमश १५ हजार १२ हजार र १० हजार पुरस्कारको व्यवस्था गरीएको छ ।

यसैबिच मेला मुल्यांकन समितिको आज बसेको बैठकले मेला तथा महोत्सव उद्घाटनको दिन मणिग्राम र कोटीहवाबाट प्रर्दशनी स्थलमा आउने झाकिको मुल्याकंन गरी प्रथम द्धितिय र तृतियलाई पुरस्कृत गर्ने निणर्य गरेको छ । संघका सल्लाहकार तथा संयोजक कृष्ण बहादुर गौतमको सभापतित्वमा बसेको बैठकले मेला तथा महोत्सवमा सहभागि हुने स्टलहरुलाई प्रकृति र क्षेत्रका आधारमा पुरस्कृत गर्न मुल्यांकन उपसमिति गठन गर्ने निणर्य गरेको छ ।