
देवदह, २१ मंसिर । सविंधान संशोधन र ५ नं प्रदेश विभाजनका सन्र्दभमा उब्जिएका समस्या र समाधानमा उपायहरु विषयक अन्र्तक्रिया रुपन्देहीको देवदहमा भएको छ ।
रेडियो देवदह १०६.६ मेगाहर्जको आयोजनामा भएको कार्यक्रममा देवदहका राजनीतिक दलहरुले पार्टीगत धारणा पेश गरेका थिए । कार्यक्रममा सहभागी वक्ताहरुले बन्दले समस्याको समाधान नहुने हुदा सबै राजनीतिक दलहरुले बन्दको प्रतिपादनमा लाग्नुपर्ने बताएका थिए । उनीहरुले आन्दोलनको नाममा सडक भन्दा सदन तताउन जरुरी रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा उनीहरुले बन्दभित्र अनैतिक क्रियाकलाप हटाई शान्तिपूर्ण आन्दोलन नै समस्या समाधानको बाटो हुन सक्ने बताएका थिए । उनीहरुले प्राप्त भएका उपलब्धिहरुलाई जगेर्ना गर्दै सघींयता गुम्ने र राष्ट्रियतामा आच आउने हिसाबले आन्दोलन नगर्न समेत सुझाव दिएका थिए ।
साथै आर्थिक समृद्धि गर्न बन्द हड्तालले बाटो नदिने बताउदै सबै राजनीतिक दलहरु एक ठाउमा एक मत लिएर उभिनुपर्ने बताएका थिए । उनीहरुले प्रदेश नं ५ विभाजनका विषयमा सबै मानिस राजनीतिक दल भन्दा माथि उठेर सोच्नुपर्ने बताएका थिए ।
रेडियो देवदहका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नमराज पुरी, नेपाली कांगे्रस क्षेत्रीय सभापति हिराबहादुर खत्री, नेकपा एमाले क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, नेपाली कांग्रेस जिल्ला सदस्य बासुदेव रिमाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य सिद्धिचरण भट्टराई, नेकपा एमालेका बैकल्पिक जिल्ला सदस्य यम राना, नेपाली कांगे्रस महासमिति सदस्य जीवलाल पराजुली, देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, नेकपा माओवादी क्रान्तिकारीका ऋषिराम लामिछाने, राप्रपाका केन्द्रीय पार्षद माधव रिमाल, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, नेकपा माओवादीका मुक्ति अर्याल, नेकपा माओवादी केन्द्रका लेखनाथ न्यौपाने लगायतले भनाई राख्नुभएको थियो ।
कार्यक्रम रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेलको संचालन र वरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटाको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।