
बुटवल, २१ मंसिर । संयुक्त विद्यार्थी संघर्ष समितिले रुपन्देही वन्द फिर्ता लिएको छ । वन्द, सडक संघर्षका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको संघर्ष समितिले विज्ञ्प्ती जारी गरी जनाएको छ ।
संघर्ष समितिले सात दिन सम्म वन्दका कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्नेगरी सरकारले संविधान संशोधन प्रस्ताव गरेसंगै गत बुधबार देखि रुपन्देही वन्द भएको थियो ।