भैरहवामा गोली चल्यो

1.3K

भैरहवामा गोली चल्यो

goli

बुटवल, २१ मंसिर । नेपाल–भारत सिमा नजिक रहेको पश्चिम नेपालको व्यापारिक केन्द्र भैरहवामा केही समय अघि गोली चलेको छ ।

सिद्धाथनगर उद्योग बाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपानेलाई गोली प्रहार गर्ने प्रयास भएको छ । आफ्नै व्यापारिक प्रतिष्ठानमा रहेका न्यौपानेलाई हानिएको गोली उनको कोखाबाट छलिएर गएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकमा विरेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र घानुकले लुम्बिनीलाई जानकारी गराउनुभयो । घटनाको थप अनुसन्धान भैरहको प्रहरीले जनाएको छ ।